अहिलेको नयाँ भोलि पुरानोमा रूपान्तरण ? 🗳️ 

Image
Nisarga Hospital

 नविन बुढा, कैलाली भजनी

CP Hospital Dhangadhi

चुनाव नजिकिँदै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टीको हुरी झन् झन् तीव्र हुँदै गएको छ। देशभरि सभा, भेलामा पार्टीको नारा गुञ्जिरहेको छ। यो संकेत हो कि जनता पुराना पार्टीबाट निराश भई नयाँ विकल्प खोज्दै छन्।

नेपालमा २००७ सालमा राणा शासनको विरोध गर्दै उदाएको नेपाली कांग्रेस त्यसबेला नयाँ र सफल पार्टीको रूपमा चम्केको थियो। तर आज, लामो समय राजनीतिमा प्रभावशाली रहँदै आएको कांग्रेस जनताको विश्वास गुमाइसकेको छ।

nawajiwan
Attariya Hospital

२०५२–६२ सालको जनआन्दोलनपछि एमाले संसदमा आएको थियो। ठूला दल बने पनि नयाँ पार्टीले जनताको खुशी कायम राख्न भने सकेन। २०७४ सालको निर्वाचनमा पनि नेकपा ऐमाले ठूलो बहुमत ल्याए तर एजेन्डा विवादित रहे, कार्यकर्ता बाहेक जनता सन्तुष्ट भएनन्।

अब राष्ट्रिय स्वतन्त्र पार्टी २०८२ फागुन २१ गतेको चुनावमा उभिदैछ। प्रश्न उठ्छ—के भ्रष्टाचारमुक्त देश र सहिद युवाको सपनालाई पुरा गर्ने यो नयाँ पार्टीले त्यसमा सफलता पाउनेछ, या केही वर्षमै पुरानै जस्तै भएर अर्को नयाँ पार्टीको प्रतिद्वन्द्वी बन्नेछ?

जनताको दृष्टिकोण र पार्टीको स्थायित्व यही चुनावले स्पष्ट पार्नेछ।