गोदावरीका ८ सडकहरू एडीबीको सहयोगमा निर्माण सुरु, नगर प्रमुख भट्टद्वारा शिलान्यास

Image
oplus_0
Nisarga Hospital

अत्तरियाः  कैलालीको गोदावरी नगरपालिकामा एशियाली विकास बैंक (एडीबी) को सहयोगमा सञ्चालन भइरहेको क्षेत्रीय शहरी विकास परियोजना (रुडुप) अन्तर्गत ढल निकास तथा सडक निर्माण कार्य आजदेखि औपचारिक रूपमा सुरु भएको छ । गोदावरी नगरपालिका भित्र ८ ओटा विभिन्न वडाका सडक पूर्वाधारलाई व्यवस्थित र दिगो बनाउने उद्देश्यसहित परियोजना अघि बढाइएको हो ।

CP Hospital Dhangadhi

oplus_0

सडक तथा ढल निकास को कुल बजेटको पछिल्लो लागत ३२ करोड ५९ लाख बराबरको सडक निर्माण हुँदै गरेको छ ।
गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले पुजापाठ गर्दै निर्माण कार्यको शिलान्यास गर्नुभएको छ । उहाँका अनुसार योजना छनोट, प्राविधिक मूल्यांकन र टेन्डर प्रक्रिया पूरा भएपछि आजबाट भौतिक निर्माण सुरु गरिएको हो । यस परियोजनाले नगरभित्रको शहरी पूर्वाधार सुदृढ बनाउँदै सडक, ढल निकास र सहायक संरचनामा दीर्घकालीन सुधार ल्याउने अपेक्षा गरिएको छ।
oplus_0

परियोजनाका ई. भूपेन्द्र मण्डलकाअनुसार परियोजनाको समयावधि विस्तारसँगै थप प्याकेजमा विभिन्न सडकखण्ड समावेश गरिएका छन् । तीमध्ये अत्तरिया रिङरोडसहित थप ८ सडक, ६ लेन सडकदेखि आँखा अस्पताल जाने मार्ग, शान्तिटोल–तेघरी सडकखण्ड, ग्वासी–खमौरा सडक, मालाखेती नहरदेखि पश्चिम ओलानी जाने बाटो तथा लालपुर गौडीदेखि पूर्वतर्फको सडकखण्ड प्रमुख छन् ।

oplus_0

नगरप्रमुख भट्टले नागरिकलाई धैर्य र सहयोगका लागि अपिल गर्दै भन्नुभयो—
“निर्माणका क्रममा केही समय असुविधा हुन सक्छ। तर यो असुविधा स्थायी विकासका लागि हो। नगरलाई व्यवस्थित, सुरक्षित र आधुनिक बनाउने हाम्रो साझा लक्ष्य पूरा गर्न सबै नगरवासीको सहकार्य आवश्यक छ। पारदर्शिता र गुणस्तरमा हामी कुनै सम्झौता गर्नेछैनौं।”
oplus_0

गोदावरी नगरपालिकाले निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्ने र गुणस्तर सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ। शिलन्यास कार्यक्रममा वडा न ५ का वडा अध्यक्ष शुद्धि राम चौधरी,M/S KSNS-BCPL Joint Venture का अध्यक्ष दिनेश मल्ल, निर्माण आयोजनाका म्यानेजर अशोक पाण्डे लगायत प्राविधिक तथा अन्यको उपस्थिती रहेको थियो।