विदेशमा पसिना बगाउने अछामीलाई भुपदेव शाहको आह्वान : ‘एक दिन स्वदेश फर्किएर परिवर्तनका लागि मत हालौँ’

Image
Nisarga Hospital

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अछाम निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार भुपदेव शाहले वैदेशिक रोजगारीमा रहेका अछामी दाजुभाइ तथा दिदीबहिनीलाई स्वदेश फर्किएर आगामी निर्वाचनमा सहभागी हुन अपिल गरेका छन्। सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै उनले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्ष सहभागिता जनाउन आग्रह गरेका हुन्।

CP Hospital Dhangadhi

शाहले अछामीहरू रहरले नभई बाध्यताले परदेशिनु परेको यथार्थ औँल्याउँदै पुराना राजनीतिक दल र भ्रष्ट व्यवस्थाले नागरिकलाई रोजगारी, सुरक्षित भविष्य र भरोसा दिन नसकेको आरोप लगाए। “देशभित्र अवसर नहुँदा युवा विदेशिन बाध्य छन्, यही व्यवस्थालाई बदल्न अब जनताकै सक्रिय भूमिका आवश्यक छ,” उनले उल्लेख गरेका छन्।

Attariya Hospital

उनका अनुसार सामाजिक सञ्जालमा टाढैबाट आवाज उठाउनु मात्रै पर्याप्त छैन। “परिवर्तन चाहिने हो भने भोट हाल्नुपर्छ, त्यसका लागि भौतिक उपस्थिती अनिवार्य छ,” शाहको भनाइ छ। उनले परदेशमा रहेका मतदातालाई एक दिनका लागि भए पनि अछाम फर्किएर मतदान गर्न आग्रह गर्दै, यही सहभागिताले जिल्लाको भविष्य बदल्ने विश्वास व्यक्त गरेका छन्।

nawajiwan

शाहको यो अपिलले वैदेशिक रोजगारीमा रहेका अछामीबीच नयाँ बहस र चासो पैदा गरेको देखिएको छ।