धनगढीको मायामेट्रो हस्पिटलमा पहिलोपटक स्टेपलर प्रविधिबाट सुरक्षित र छिटो सुन्नत सेवा सुरु

Image
Nisarga Hospital

कैलालीको धनगढीमा पहिलोपटक टाँकाबिनाको आधुनिक स्टेपलर प्रविधि प्रयोग गरी सुन्नत (खतना) उपचार सेवा सुरु भएको छ। धनगढीको माया मेट्रो अस्पतालले विशेष मेडिकल उपकरण स्टेपलर प्रयोग गरेर छिटो, सुरक्षित र कम दुखाइ हुने विधि लागू गरेको हो।

CP Hospital Dhangadhi

यस प्रविधिबाट गरिने सुन्नत उपचारमा टाँका नलगाउने, रक्तश्राव न्यून हुने र घाउ छिटो निको हुने सुविधा छ। अस्पतालका अनुसार स्टेपलर प्रविधि परम्परागत विधिभन्दा छिटो, सुरक्षित र परिणाम समान देखिने भएकाले सबै उमेर समूहका व्यक्तिले लाभ लिन सक्नेछन्।

विशेषगरी मधुमेह तथा अन्य दीर्घरोग भएका बिरामीका लागि यो विधि बढी सुरक्षित र प्रभावकारी रहेको अस्पतालले जनाएको छ। सेवा प्रदान गर्ने वरिष्ठ मुत्ररोग विशेषज्ञ डा. सुमित कर्ण ले आधुनिक उपकरण प्रयोग गरी उपचार गर्नुहुनेछ।

खतना के हो?
सुन्‍नत (खतना) भनेको पुरुष लिंगको टुप्पामा रहेको छाला सुरक्षित तरिकाले काटेर हटाउने शल्यक्रिया हो। स्टेपलर प्रविधिबाट गरिने आधुनिक विधिमा टाँका नलाग्ने, दुखाइ कम हुने र रक्तश्राव न्यून हुने हुँदा उपचार द्रुत र सुरक्षित बनाइन्छ।

यो सेवाले धनगढीमा स्वास्थ्य क्षेत्रमा नयाँ मानक सेट गरेको छ र बिरामीका लागि सहज, सुरक्षित र आधुनिक विकल्प उपलब्ध गराएको छ।