
दार्चुलामा एक प्रहरी हवल्दार हत्या भएको घटनाले सबैलाई स्तब्ध बनाएको छ। जिल्लाको महाकाली नगरपालिका–४ स्थित सामुदायिक प्रहरी सेवा केन्द्र बाङ्गाबगरमा कार्यरत हवल्दार योगेन्द्र घर्ती मंगलबार बिहान मृत अवस्थामा फेला परेका छन्।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार, घर्तीको शव स्थानीय पूजा बियर बारको बाहिरपट्टी फेला परेको हो। प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले उनको हत्या गरेको आशंकामा दुई जनालाई पक्राउ गरी सोधपुछ गरिरहेको छ।

प्रहरी र स्थानिय प्रशासनले घटनास्थलमा निगरानी कडा बनाएका छन् र थप अनुसन्धान भइरहेको छ। नागरिकहरूले पनि सुरक्षा र सचेत रहनुपर्ने चेतावनी दिइएको छ। यो घटनाले जिल्लामा सुरक्षा र प्रहरी व्यवस्थाप्रति प्रश्न उठाएको छ।

अधिकारिहरूले घटनाको पूर्ण विवरण पत्ता लगाएर दोषीलाई कानूनी कारबाहीको लागि अघि बढाउने आश्वासन दिएका छन्।
































