धनगढीमा कोमात्सु आधिकारिक स्पेयर पार्ट्स आउटलेट सञ्चालनमा

Image
Nisarga Hospital

कैलाली: नेपालमा कोमात्सुका प्रिमियम जापानी मेसिनहरूको आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रा. लि. ले धनगढीमा कोमात्सु आधिकारिक स्पेयर पार्ट्स आउटलेटको उद्घाटन सम्पन्न गरेको छ। उक्त आउटलेट डायनामिक हेभी इक्विपमेन्ट्स प्रा. द्वारा सञ्चालनमा ल्याइएको हो।

CP Hospital Dhangadhi

सुदूरपश्चिम क्षेत्रका ग्राहकलाई लक्षित गर्दै स्थापना गरिएको यस आउटलेटमार्फत अब कोमात्सुका मौलिक (जेन्युइन) स्पेयर पार्ट्स सहज र छिटो उपलब्ध हुने विश्वास लिइएको छ।

आउटलेटको आज निर्माण ब्यबसायी महासंघ सुदुरपश्चिम प्रदेशका अध्यक्ष लक्ष्मण स्वार र हेवी ईक्प्युमेन्ट ब्यबसायी संघका प्रदेश अध्यक्ष लक्ष्मण सादले संयुक्त रुपमा उदघाटन गरेका छन । उदघाटन गर्दै अध्यक्ष स्वारले निर्माण, पूर्वाधार तथा औद्योगिक क्षेत्रमा सञ्चालन भइरहेका कोमात्सु मेसिनहरूको कार्यक्षमता र दीर्घायु कायम राख्न यसले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको बताए ।

nawajiwan
Attariya Hospital

डाइनामिक हेभी इक्विपमेन्ट्स प्रा.लि. ले आधिकारिक बिक्रेताका रूपमा मौलिक स्पेयर पार्ट्स, प्राविधिक मार्गदर्शन तथा द्रुत सेवा सहयोग उपलब्ध गराउने जनाएको छ। यस नयाँ आउटलेटको स्थापना कम्पनीको गुणस्तरीय सेवा प्रतिबद्धतालाई थप सुदृढ बनाउने कदमका रूपमा लिइएको संचालक सुर्य बहादुर थापाले बताए ।

कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रा.लि. का निर्देशक टंक भट्टले नेपालमा कोमात्सुको जापानी इन्जिनियरिङ उत्कृष्टता, टिकाउपन तथा नवीन प्रविधिको प्रतिनिधित्व गर्दै आएको बताए । उनले धनगढीमा स्पेयर पार्ट्स आउटलेट विस्तारसँगै कम्पनीले देशव्यापी सेवा पहुँच विस्तार र ग्राहक सन्तुष्टि अभिवृद्धि गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा कम्पनीका प्रतिनिधि, स्थानीय व्यवसायी, पत्रकार उद्योग क्षेत्रका व्यक्तित्व तथा आमन्त्रित अतिथिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।