गौरीगंगामा कांग्रेस र नेकपा परित्याग गरी एमाले प्रवेश, लेखराज भट्टद्वारा स्वागत

Image
Nisarga Hospital

अत्तरिया : कैलालीको गौरीगंगा नगरपालिका–११ मा विभिन्न राजनीतिक दल परित्याग गरी नेता कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन्।

CP Hospital Dhangadhi

नवप्रवेशीहरूले देशको स्वाधीनता, स्थायित्व र विकासका सवालमा स्पष्ट अडानका साथ आफ्ना विचारलाई केन्द्रमा राखेर निर्णय गर्न सक्ने क्षमता एमालेसँग भएकाले पार्टी रोजेको बताएका छन्। एमाले प्रवेश गर्नेहरूमा सानू चौधरी, गोरख धामी, मोतिलाल बोहरा र मानबहादुर चौधरी रहेका छन्।

उनीहरूलाई एमालेका केन्द्रीय उपमहासचिव तथा कैलाली क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार लेखराज भट्ट ले खादामाला लगाएर पार्टीमा स्वागत गरेका थिए। स्वागत कार्यक्रममा बोल्दै नेता भट्टले राष्ट्रहित, समृद्धि र सुशासनका लागि एमाले सधैं अग्रपङ्क्तिमा रहेको उल्लेख गर्दै पार्टीलाई अझ सुदृढ बनाउन सबैको साथ आवश्यक रहेको बताए।

nawajiwan
Attariya Hospital

उनले क्षेत्रको समग्र विकास, पूर्वाधार विस्तार, रोजगारी सिर्जना र सामाजिक सेवा प्रवाहलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाए। नवप्रवेशी नेताहरूले यस क्षेत्रमा लेखराज भट्ट बराबरको सक्षम र प्रभावशाली नेतृत्व नभएको दाबी गर्दै उनलाई नै अत्यधिक मतका साथ विजय गराउन सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए।

साथै, आफूहरूसँगै अन्य व्यक्तित्वहरू पनि निकट भविष्यमा एमाले प्रवेश गर्ने तयारीमा रहेको जानकारी गराए। कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

एमालेमा नयाँ प्रवेशसँगै गौरीगंगा–११ को राजनीतिक गतिविधि थप सक्रिय बनेको विश्लेषण गरिएको छ।