कैलालीको अत्तरियामा लोटस आई अंग्रेजी माध्यमिक विद्यालय को २७औँ वार्षिकोत्सव भव्यरूपमा सम्पन्न

Image
Nisarga Hospital

अत्तरिया: कैलालीको अत्तरियास्थित लोटस आई अंग्रेजी माध्यमिक विद्यालयको २७ औँ वार्षिकोत्सव दुई दिनसम्म विविध कार्यक्रमका साथ उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। मंगलबार र बुधबार आयोजित समारोहमा विद्यार्थी, अभिभावक तथा विशिष्ट अतिथिहरूको उल्लेख्य सहभागिता रहेको थियो।

CP Hospital Dhangadhi

समारोहको दोस्रो दिन गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्ट प्रमुख अतिथिका रूपमा उपस्थित भई कार्यक्रमको शोभा बढाएका थिए। उनले अत्तरिया क्षेत्रको अग्रणी शैक्षिक संस्थाको रूपमा स्थापित विद्यालयको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रगति र उत्कृष्टताको कामना व्यक्त गरे।

संस्थागत विद्यालयले केवल पाठ्यपुस्तकमा सीमित शिक्षा होइन, विद्यार्थीको समग्र व्यक्तित्व विकासमा जोड दिएको छ। अनुशासन, संस्कार र गुणस्तरयुक्त शिक्षाको उत्कृष्ट संयोजन यहाँ देख्न पाइन्छ। यस्तो संस्था गोदावरी नगरको गौरव हो। आगामी दिनमा पनि विद्यालयले अझ उचाइ हासिल गरोस् भन्ने मेरो शुभकामना दिएका छन ।

नगर प्रमुख भट्टका अनुसार नगरभित्र गुणस्तरीय शिक्षा विस्तार गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको र निजी तथा सामुदायिक विद्यालयहरूसँग सहकार्य गर्दै शैक्षिक वातावरण अझ सुदृढ बनाइने बताएका छन । पालिका भित्र सामुदायिक बिद्यालयका शिक्षक संगै संस्थागत बिद्यालयका शिक्षकहरुलाई पनि क्रमिक रुपमा शिक्षण सिकाई तालिम दिदै आएको समेत बताएका छन ।

नगरप्रमुख भट्टले विकास निर्माणका अन्य योजनालाई रोकिए पनि शिक्षामा लगानीलाई निरन्तरता दिएको बताए। “शैक्षिक गुणस्तर नबढाईकन अन्य विकासको सम्भावना छैन,” उनको भनाइ छ।

उहाँले गोदावरीको शिक्षा क्षेत्रमा योगदान पुर्‍याइरहेका संस्थागत विद्यालयका सञ्चालकहरुलाई धन्यवाद ज्ञापन गर्दै भने, “तपाईहरूले आफ्नो घर, खेत, जग्गा र बैंकसम्पत्ति समर्पण गरेर यस क्षेत्रको शिक्षाको विकासमा सक्रियता देखाउनुभयो। सरकारले गर्न नसकेको व्यवस्थालाई तपाईहरूले अघि बढाउनुभयो, त्यसैले तपाईहरु धन्यवादको पात्र हुनुहुन्छ।”

भट्टका अनुसार, नगरप्रमुख भएर पनि आफूले शिक्षा क्षेत्रमा सतप्रतिशत प्रभावकारी काम गर्न नसकेको अवस्थामा संस्थागत विद्यालय सञ्चालकहरूले आफ्नो योगदानले शिक्षा प्रणालीको मेरुदण्ड जोगाउने काम गरेको छ। उनले विद्यालय संचालकहरूको समर्पण र योगदानलाई नगरका शिक्षाको वास्तविक शक्ति भएको भन्दै उच्च प्रशंसा गरेका छन्।

निजी विद्यालयले शैक्षिक उत्कृष्टतासँगै अतिरिक्त क्रियाकलाप, सांस्कृतिक कार्यक्रम तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा पनि उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ। विद्यालय प्रशासनले विद्यार्थीमैत्री वातावरण, प्रविधिमैत्री कक्षा सञ्चालन तथा अनुभवी शिक्षकमार्फत गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको जनाएको छ।

स्थानीय अभिभावकहरूका लागि भरोसायोग्य गन्तव्य बन्दै गएको निजी विद्यालयले शिक्षा क्षेत्रमा निरन्तर नयाँ आयाम थप्दै अघि बढिरहेको बताएका छन ।

कार्यक्रममा विद्यालयले प्रकाशन गरेको ‘कमलपुञ्ज’ स्मारिका विमोचन गरिएको थियो भने शैक्षिक, अतिरिक्त क्रियाकलाप र अनुशासनमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको विद्यालय प्रशासनले जनाएको छ।

पहिलो दिन चर्चित मोटिभेटर क्षेत्र प्रसाद ज्ञवाली को प्रेरणादायी उपस्थितिले विद्यार्थीहरूमा उत्साह थपेको थियो। दोस्रो दिन कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरूले नृत्य, गीत, कविता वाचन तथा नाटकमार्फत आफ्ना प्रतिभा र सिर्जनशीलता प्रस्तुत गरे। विद्यालयद्वारा आफ्नै सिर्जनामा तयार गरिएको ‘लोटस सरस्वती वन्दना’ र स्वागत गीतले समारोहलाई थप आकर्षक बनाएको थियो।

विद्यालयका मेनेजिङ डाइरेक्टर धुर्व कडायतका अनुसार वार्षिकोत्सव विद्यार्थीहरूको उत्सव भएकाले सबैलाई समान अवसर प्रदान गर्ने उद्देश्यले कार्यक्रम दुई दिनसम्म सञ्चालन गरिएको हो। समारोहले विद्यालयको शैक्षिक गुणस्तर, अनुशासन र रचनात्मक वातावरणलाई पुनः स्थापित गरेको छ।