अत्तरियामा ‘दुर्गालक्ष्मी दौडिन्छ’ म्याराथन: अक्कल बहादुर पाल प्रथम

Image
Nisarga Hospital

अत्तरिया (कैलाली) मा आयोजित ‘दुर्गालक्ष्मी दौडिन्छ’ म्याराथन प्रतियोगिताको उपाधि अक्कल बहादुर पालले जितेका छन्। दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालय को पूर्व विद्यार्थी मञ्चद्वारा प्रजातन्त्र दिवसको अवसरमा आयोजित ८.५ किलोमिटर दौडमा पालले २९ मिनेट ४५ सेकेन्डमा दूरी पार गर्दै प्रथम स्थान हासिल गरे।

CP Hospital Dhangadhi

दौड विद्यालय अगाडिबाट सुरु भई गोदावरी पुलमा सम्पन्न भएको थियो। प्रतियोगितामा सुनिल सुनार दोस्रो (३३ मिनेट) र प्रदीप खत्री तेस्रो (३७ मिनेट) भए। विजेता पालले नगद २५ हजार ५५५ रुपैयाँ, दोस्रो हुने सुनारले १५ हजार ५५५ र तेस्रो हुने खत्रीले ५ हजार ५५५ रुपैयाँ पुरस्कार प्राप्त गरे।

Attariya Hospital

पुरुष धावकसँगै दौडिएकी सृजना पाण्डेय उत्कृष्ट महिला घोषित भई ५ हजार ५५५ रुपैयाँबाट सम्मानित भइन्। ‘दौड स्वास्थ्यका लागि, भेटौँ मित्रताका लागि’ नारासहित सम्पन्न प्रतियोगिताले पूर्व विद्यार्थीबीच एकता र सहकार्य सुदृढ बनाएको संयोजक प्रेम भट्टले बताए।

nawajiwan