कैलालीका भारत सीमा नाका १८ गते देखि तीन दिन बन्द: निर्वाचन शान्तिपूर्ण बनाउन सरकारको तयारी

Image
Nisarga Hospital

अत्तरियाः आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को सुरक्षा र शान्तिपूर्ण सञ्चालनका लागि भारतसँग जोडिएका कैलाली जिल्लाका सबै सीमा नाकाहरू फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म बन्द रहने भएका छन्।

CP Hospital Dhangadhi

नेपाल सरकारको गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय, कैलालीले जारी गरेको सूचनाअनुसार, सीमा नाकाहरू बन्द हुने समयमा केवल अत्यावश्यक सेवा जस्तै– एम्बुलेन्स, दमकल, ट्याङ्कर, अस्पताल सेवा, विद्युत सेवा, शव बहान, दुरसञ्चार सेवा, साथै अनुमति प्राप्त कुटनीतिक सवारी साधन मात्र सञ्चालनमा रहनेछ। अन्य सवारी साधनको आवागमन पूर्णरूपमा रोकिनेछ।

प्रशासकीय अधिकृत शिवराज जोशीले बताए अनुसार, यस्तो कदम निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले लागू गरिएको हो। यसले मतदाताहरूलाई सुरक्षित मतदानको वातावरण सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।

nawajiwan
Attariya Hospital

जिल्ला प्रशासनले स्थानीय बासिन्दालाई पनि सीमा नाकाको अस्थायी बन्दबारे जानकारी राख्न अनुरोध गरेको छ। यसबाहेक, मतदान सम्पन्न नभएसम्म विशेष सेवाका सवारी साधनलाई बाहेक कुनै सवारी साधनलाई आवागमनको अनुमति नहुने जानकारी दिइएको छ।

यो कदमले कैलाली जिल्लामा चुनावी गतिविधिलाई व्यवस्थित र सुरक्षित बनाउने सरकारी प्रतिबद्धतालाई झल्काउने विश्वास व्यक्त गरिएको छ।