सिगासमा मतदानको तयारी अन्तिम चरणमा, सुरक्षा व्यवस्था कडा

Image
Nisarga Hospital

बैतडी:जिल्लाको सिगास गाउँपालिका ०२ गाँजरीस्थित ‘क’ र ‘ख’ मतदान केन्द्रमा फागुन २१ गते हुने संघको निर्वाचनका लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यका साथ मतदान केन्द्रहरूमा आवश्यक व्यवस्थापन मिलाइएको निर्वाचन कार्यालयले जनाएको छ।

CP Hospital Dhangadhi

दुवै मतदान केन्द्रमा मतदान कक्ष निर्माण, मतपेटिका व्यवस्थापन, गोप्य मतदानका लागि आवश्यक संरचना तयार पारिनुका साथै मतदाता नामावली टाँस्ने कार्य सम्पन्न भइसकेको छ। अपांगता भएका तथा ज्येष्ठ नागरिक मतदातालाई सहज रूपमा मतदान गर्न सकिने गरी विशेष व्यवस्था समेत मिलाइएको जनाइएको छ।

nawajiwan

‘क’ मतदान केन्द्रमा निर्वाचन अधिकृतका रूपमा ओमराज उपाध्याय र ‘ख’ मतदान केन्द्रमा निर्वाचन अधिकृतका रूपमा राजेन्द्र प्रसाद भट्ट खटिनुभएको छ। दुवै अधिकृतले मतदान प्रक्रिया निर्धारित कानुनी प्रावधानअनुसार सञ्चालन हुने जानकारी दिनुभएको छ। बिहान ००:०७ बजेदेखि मतदान सुरु भई ०५ बजे सम्म निरन्तर सञ्चालन गरिने बताइएको छ।

Attariya Hospital

निर्वाचनलाई शान्तिपूर्ण र मर्यादित बनाउन सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रहरी नायब निरीक्षक उदय सिंह खडायतको नेतृत्वमा १५ जनाको प्रहरी टोली परिचालन गरिएको छ। साथै ससस्त्र प्रहरी बल र नेपाल आर्मीको टोली समेत तैनाथ पारिएको छ।

मतदान केन्द्र वरपर नियमित गस्ती, प्रवेश–निष्कासनमा निगरानी तथा सम्भावित विवाद रोक्न विशेष सतर्कता अपनाइएको छ।स्थानीय तह, सुरक्षा निकाय र निर्वाचन कर्मचारी बीच समन्वयात्मक बैठकहरू सम्पन्न भइसकेका छन्।मतदानका दिन कुनै पनि अप्रिय घटना नहोस् भन्ने उद्देश्यले आवश्यक तयारी पूरा गरिएको सम्बन्धित निकायले जनाएको छ।

निर्वाचन लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण आधार भएकाले मतदातालाई निर्धक्क र उत्साहपूर्वक मतदानमा सहभागी हुन आह्वान गरिएको छ।सिगासमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न हुने विश्वास व्यक्त गरिएको छ।

Advertize US