आजको मौसमः देशका विभिन्न स्थानमा बदली, केही क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

Image
Nisarga Hospital

हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा पूर्वी भूभाग नजिकको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले देशका पहाडी र हिमाली क्षेत्रमा सामान्य बदली देखिएको छ भने तराई तथा उपत्यकाका केही स्थानमा तुवाँलो लागेको छ।

CP Hospital Dhangadhi

आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित अधिकांश पहाडी भूभागमा बदली रहने सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा चट्याङसहित हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ। कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा पनि वर्षाको सम्भावना रहेको छ।

Attariya Hospital

आज राति पनि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा सामान्य बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदली रहने अनुमान छ। केही स्थानमा चट्याङसहित हल्का वर्षा र हिमपात हुन सक्ने मौसमविद्ले बताएका छन्।

nawajiwan