दिपेन्द्र ऐरीको कप्ताननीमा यूएईसँग टी–२० शृंखलाका लागि नेपाली टोली घोषणा

Image
Nisarga Hospital

आगामी सोमबार र मंगलबार त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा हुने यूएईसँगको टी–२० अन्तर्राष्ट्रिय शृंखलाका लागि नेपाली टोली घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय टोली सार्वजनिक गरेको हो।

CP Hospital Dhangadhi

घोषित टोलीमा केही नयाँ र अनुभवी खेलाडीको मिश्रण देखिएको छ। ओपनर तथा पूर्व कप्तान रोहित पौडेल भने यसपटक टोलीमा परेका छैनन्, जसले क्रिकेट समर्थकमाझ चासो बढाएको छ।

टी–२० टोलीमा कुशल मल्ल र अर्जुन साउदले पुनरागमन गरेका छन्। मल्लले पछिल्लोपटक टी–२० विश्वकप एसिया छनोटमा खेलेका थिए भने साउदले सन् २०२२ मा केन्याविरुद्ध अन्तिम पटक अन्तर्राष्ट्रिय खेल खेलेका थिए।

nawajiwan
Attariya Hospital

यसैगरी सन्तोष यादव र हेमन्त धामीले पहिलो पटक टी–२०आई टोलीमा स्थान बनाएका छन्। दुवै खेलाडीले अहिलेसम्म डेब्यू गर्न बाँकी छ।

क्यानका अनुसार टी–२० टोलीको कप्तानी ऐरीले गर्नेछन् भने एकदिवसीय (ओडिआई) टोलीको नेतृत्व रोहित पौडेलले निरन्तर गर्नेछन्।

नेपाली टोलीमा दीपेन्द्रसिंह ऐरी (कप्तान), कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुलशन झा, लोकेस बम, सन्दीप लामिछाने, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम र शेर मल्ल रहेका छन्।

Advertize US