गगन थापा समूहलाई वैधानिकता : सर्वोच्चद्वारा आयोगको निर्णय सदर

Image
Nisarga Hospital

सर्वोच्च अदालतले नेपाली कांग्रेसभित्रको आधिकारिकतासम्बन्धी विवादमा गगन थापा नेतृत्वको समूहलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय सदर गरेको छ। न्यायाधीश शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले थापा समूहलाई आधिकारिकता दिने आयोगको निर्णयलाई वैधानिक ठहर गर्दै देउवा पक्षले दायर गरेको रिट खारेज गरिदिएको हो।

CP Hospital Dhangadhi

विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कार्यसमितिलाई आयोगले फागुन २१ गते आधिकारिकता दिएको थियो। त्यसविरुद्ध शेरबहादुर देउवा पक्ष अदालत पुगेको थियो। साथै पूर्णबहादुर खड्का र शेखर कोइराला समूहले समेत मुद्दा दायर गरेका थिए।

Attariya Hospital

यसअघि एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै लिखित जवाफ मागेको थियो। सबै पक्षबाट जवाफ पेश भएपछि अन्ततः सर्वोच्चले शुक्रबार अन्तिम फैसला गर्दै विवाद टुंग्याएको हो।

nawajiwan
Advertize US