नेपाली बजारमा फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य ! निगम अझै अर्बौँ घाटामा

Image
Nisarga Hospital

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ। निगमका अनुसार आजदेखि लागू हुने गरी डिजेल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य समायोजन गरिएको हो। नयाँ मूल्यसूचीअनुसार डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ र हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरिएको छ।

CP Hospital Dhangadhi
Attariya Hospital

मूल्यवृद्धिपछि डिजेल/मट्टीतेलको प्रतिलिटर मूल्य २ सय ३७ रुपैयाँ पुगेको छ भने हवाई इन्धनको मूल्य २ सय ५६ रुपैयाँ कायम भएको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दै जाँदा र इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्यसूचीका आधारमा समायोजन गर्नुपरेको निगमले जनाएको छ।

निगमका अनुसार मूल्य समायोजनपछि पनि घाटा कायमै छ। पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ३२ पैसा, डिजेलमा ८७ रुपैयाँ ९९ पैसा, मट्टीतेलमा ३६ रुपैयाँ ७० पैसा र एलपी ग्यासमा प्रतिसिलिन्डर ३ सय ३१ रुपैयाँ २५ पैसा घाटा रहेको उल्लेख छ।

हाल निगमको पाक्षिक घाटा करिब ७ अर्ब ८१ करोड ६१ लाख रुपैयाँ पुगेको विज्ञप्तिमा जनाइएको छ।

Advertize US