नेपालको संघर्षपूर्ण जित : यूएईमाथि नेपालको रोमाञ्चक ६ रनको विजय

Image
Nisarga Hospital

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु सिरिजमा नेपालले यूएईलाई ६ रनले पराजित गर्दै महत्वपूर्ण जित हात पारेको छ। वर्षाका कारण डीएल मेथडअनुसार ३८ ओभरमा २५५ रनको लक्ष्य पछ्याएको यूएईले ८ विकेट गुमाएर २४८ रनमै सीमित रह्यो।

CP Hospital Dhangadhi

यूएईका मोहम्मद शाहदादले ६५ रन बनाउँदै टोलीलाई जिततर्फ उन्मुख गराए पनि सफल हुन सकेनन्। हर्पित सिंहले ४१ रन जोड्दा अन्य ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्। अन्त्यतिर खैजइमा विन तन्विरले तीव्र ४९ रन बनाए पनि लक्ष्य अपूरो रह्यो।

Attariya Hospital

नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिँदा सोमपाल कामी र नन्दन यादवले समान २ विकेट लिएर उत्कृष्ट बलिङ प्रदर्शन गरे।

nawajiwan

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाउँदै २८९ रन बनाएको थियो। उपकप्तान दीपेन्द्रसिंह ऐरीले ९४ बलमा शानदार शतक प्रहार गरे भने विनोद भण्डारीले ५६ रनको योगदान दिए। अन्य ब्याट्सम्यानले पनि सन्तोषजनक साथ दिए। अब नेपालले आफ्नो अर्को खेलमा ओमानसँग प्रतिस्पर्धा गर्नेछ।