
काठमाडौँमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेल र नेपालका लागि नर्वेका राजदूत डागनी म्योसबीच शिष्टाचार भेट भएको छ।

भेटमा नेपालको शिक्षा, विज्ञान, प्रविधि र खेलकुद क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भयो। नर्वेले विद्यालय शिक्षा क्षेत्रमा गर्दै आएको सहयोग निरन्तर रहने प्रतिबद्धता जनाएको छ।

मन्त्री पोखरेलले नर्वेको समावेशी र प्रविधिमैत्री शिक्षा प्रणालीको प्रशंसा गर्दै नेपाल सिक्न तयार रहेको बताए। राजदूत म्योसले नेपालसँग शिक्षा क्षेत्रमा थप सहकार्य गर्न नर्वे उत्सुक रहेको उल्लेख गरे।
































