नेपाली बजारमा सुनचाँदीको भाउमा गिरावट, लगानीकर्तालाई राहत

Image
Nisarga Hospital

नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्यमा उल्लेखनीय गिरावट देखिएको छ। पछिल्ला दिनमा निरन्तर उकालो लागेको मूल्य आज घटेसँगै उपभोक्ता तथा लगानीकर्तालाई केही राहत मिलेको छ।

CP Hospital Dhangadhi

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घटेर २ लाख ९७ हजार ५ सय कायम भएको छ। यसअघि सोमबार सुनको मूल्य तोलाको ३ लाख ५ सयसम्म पुगेको थियो, जसले बजारमा उच्च दबाब सिर्जना गरेको थियो।
यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। मंगलबार चाँदी तोलामा १०० रुपैयाँले घट्दै ४९४५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार भने चाँदीको मूल्य तोलाको ५०४५ रुपैयाँ थियो।

Attariya Hospital

सुनचाँदीको मूल्य घटेसँगै बजारमा खरिद–बिक्री गतिविधि बढ्ने अपेक्षा गरिएको छ। अन्तर्राष्ट्रिय बजारको प्रभाव र विनिमयदरको उतारचढावका कारण मूल्यमा यस्तो परिवर्तन देखिएको बताइएको छ।

nawajiwan