सचिवालयको स्पष्टोक्ति: सञ्चारकर्मीलाई अवरोध नगरिएको दाबी

Image
Nisarga Hospital

प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयले कार्यालय परिसरमा सञ्चारकर्मीलाई भिडियो खिच्न अवरोध गरिएको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै वास्तविक स्थिति स्पष्ट पारेको छ।

CP Hospital Dhangadhi

सचिवालयका अनुसार वैशाख २१ गते प्रधानमन्त्री कार्यालय प्रवेशका क्रममा सवारी साधनको भीड देखिएपछि प्रधानमन्त्रीले सुरक्षाकर्मीसँग केवल व्यवस्थापन र सुरक्षा सतर्कताबारे सामान्य जिज्ञासा राख्नुभएको थियो। सञ्चारकर्मीलाई हटाउन वा भिडियो खिच्न रोक्न कुनै निर्देशन नदिएको स्पष्ट पारिएको छ।

Attariya Hospital

सचिवालयले सुरक्षाकर्मीको सामान्य व्यवस्थापन प्रक्रियालाई प्रेस स्वतन्त्रतामाथिको अंकुशका रूपमा नबुझ्न आग्रह गर्दै सूचना संकलनमा कुनै अवरोध नभएको जनाएको छ। सरकार प्रेस स्वतन्त्रता र सूचनाको हकप्रति पूर्ण प्रतिबद्ध रहेको समेत स्पष्ट गरिएको छ।

nawajiwan