नौ मन्त्रालयसँग बजेट छलफल सम्पन्न, भोलि बाँकी मन्त्रालयसँग छलफल हुने

Image
Nisarga Hospital

अर्थ मन्त्रालयले नौ वटा मन्त्रालयका विभागीय मन्त्रीहरूको सहभागितामा मन्त्रालयगत बजेट छलफल सम्पन्न गरेको छ। सोमबार बिहान ११ बजे सुरु भएको छलफल साँझ साढे ७ बजे सकिएको हो। अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले तय गरेको तालिकाअनुसार छलफल मंगलबारसम्म जारी रहनेछ।

CP Hospital Dhangadhi

छलफलको सुरुआत गृह मन्त्रालयबाट गरिएको थियो। त्यसपछि क्रमशः श्रम, रोजगार तथा सामाजिक सुरक्षा, उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला, सञ्चार तथा सूचना प्रविधि, शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुद, सङ्घीय मामिला तथा सामान्य प्रशासन, तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग बजेटसम्बन्धी छलफल गरिएको हो।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नेतृत्वमा भएको छलफलमा अर्थ तथा राजस्व सचिव, बजेट लेखन समितिका सदस्य, महाशाखा प्रमुख तथा सम्बन्धित शाखा प्रमुखहरूको सहभागिता रहेको थियो। छलफलमा आगामी बजेटको खाका, नीति तथा कार्यक्रम, प्रस्तावित बजेट र स्रोत व्यवस्थापनका विषयमा विस्तृत समीक्षा गरिएको थियो।

nawajiwan
Attariya Hospital

छलफलमा श्रम तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी, कानुन मन्त्री सोविता गौतम, सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिना, शिक्षा तथा युवा खेलकुद मन्त्री सस्मित पोखरेल, तथा अन्य सम्बन्धित मन्त्रालयका सचिवहरूको उपस्थिति रहेको थियो।

अर्थ मन्त्रालयले भोलि बाँकी मन्त्रालयसँग पनि बजेट छलफल जारी रहने जनाएको छ।