बुढीतोला पर्यटन महोत्सव भोलिदेखि नियमित रूपमा सञ्चालन हुने, मौसममा सुधार आउने संकेत

Image
Nisarga Hospital

कैलालीको गोदावरी-४ स्थित बुढीतोलामा जारी “बुढीतोला पर्यटन महोत्सव २०८३” भोलिदेखि आफ्नो पूर्व निर्धारित कार्यतालिका अनुसार नै भव्य रूपमा सञ्चालन हुने भएको छ। केही दिनदेखिको मौसमी प्रतिकूलताका कारण महोत्सवका गतिविधिहरूमा केही असर परे तापनि भोलिदेखि मौसम सफा रहने पूर्वानुमानसँगै आयोजकले महोत्सवलाई नियमित गर्ने निर्णय गरेको हो।मौसम पूर्वानुमान विभागका अनुसार हाल नेपालमा रहेको पश्चिमी वायुको चाप बिस्तारै पूर्वतिर सर्ने क्रममा छ।

CP Hospital Dhangadhi

जसका कारण सुदूरपश्चिम क्षेत्रमा भोलिदेखि मौसम पूर्ण रूपमा सफा रहने देखिएको छ।महोत्सव आयोजक समिति (बुढीतोला क्षेत्र पर्यटन प्रवर्द्धन तथा बजार व्यवस्थापन समिति) का अनुसार भोलि वैशाख २२ गते महोत्सवको विशेष आकर्षणका रूपमा चर्चित कलाकारहरूको प्रस्तुति रहनेछ।

जसमा चर्चित गायक कमल बि.सी (माल्दाई), शेर विष्ट, हास्य कलाकार प्रेम पौडेल, मोडल मनु भट्ट तथा उद्घोषकहरू रेखा धानुक र गुणाकर पनेरुले दर्शकहरूलाई मनोरञ्जन दिलाउने कार्यतालिका रहेको छ।”प्रकृति, संस्कृति र समृद्धिको संगम – बुढीतोला हाम्रो पहिचान” भन्ने मूल नाराका साथ सुरु भएको यो पर्यटन मेला आगामी वैशाख २६ गतेसम्म चल्नेछ।

nawajiwan
Attariya Hospital

आयोजकले सम्पूर्ण दर्शक तथा पर्यटन प्रेमी महानुभावहरूलाई ढुक्क भएर महोत्सव अवलोकन गर्न र स्थानीय कला-संस्कृतिको प्रवर्द्धनमा सहभागी हुन हार्दिक अनुरोध गरेको छ।

बुढीतोला पर्यटन महोत्सव समितिका संयोजक हरि दत्त भट्टराईका अनुसार महोत्सवमा सुदूरपश्चिमको पहिचान सहित ६० वटा स्टल रहेका छन्, जहाँ स्थानीय उत्पादन, हस्तकला र व्यवसायिक सामग्री प्रदर्शन तथा बिक्री भइरहेको छ। विद्यार्थीका लागि ५० रुपैयाँ र अन्यका लागि १०० रुपैयाँ टिकट शुल्क तोकिएको छ।

आयोजकले आर्थिक लाभभन्दा पनि स्थानीय कला, संस्कृति, उत्पादन र पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको बताएका छन्। महोत्सवले बुढीतोलालाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने विश्वास गरिएको छ।