
भएकै छ अन्याय अत्यचार पर्दा पछाडी,
यो कस्तो हो तिम्रो व्यवहार पर्दा पछाडी,
कसैले बिंडले हानेर मार्यो र कसैले घनले,
के फर्क भयो र भन सरकार पर्दा पछाडी।
लुटिए इज्जत लुटिए स्वाभिमान कसैका,
मुस्कुराउने केथियो त्यो सार पर्दा पछाडी।
कतै बनाउने उदेश्य नै होला बगैचा तिम्रो,
कसैको खोसेर जिउँने आधार पर्दा पछाडी।
फौलादलाई पिट्दा बन्छ धारिलो औजार,
गर्छ त्यो दिन विद्रोहसँग प्यार पर्दा पछाडी।
हामि एउटै शन्तान फुट्नुभन्दा जुट्नु राम्रो,
भाइ फुटे लिन्छ फाइदा गद्दार पर्दा पछाडि।

॥१॥
मानिसहरूले काम गर्छन् की टाईमपास थाहाछैन,
योचालाले विकासमा कसरी गर्छन आस थाहाछैन।

सबैले देखाउन खाना पचाउन मात्र कामगर्न थाले,
संसारले हाम्रै गर्न थाल्यो आज उपहास थाहाछैन।
जि हजुरका लागि छम् छम् नाच्न पनि तैयार हुँदा,
कुनैबेला हुनेछन् यिनैपनि उनैका दास थाहाछैन।
यो राजनीति हो खेल ठट्टा होइन साथि खेल नगरौँ,
यसैका पनि हुन्छ कतिपय नियम खास थाहाछैन।
मानिसले आफ्नै खुट्टामा उभिने कोसिस गर्नुपर्छ है,
स्वाभिमानी ब्यक्ति बन्दैनन् जिउँदा लाश थाहाछैन।
म राजनीति गर्न चाहेन मात्र सामाजिक बन्न खोजे,
तर छाडेन उसले जीद्दी भयो सत्यानाश थाहाछैन।
॥२॥
गरिबलाई लालपुर्जाको इन्तिजार थियो,
एउटा बास नै उनिहरूको संसार थियो।
आन्दोलनमा सरिक भयौँ र मतदानमा,
हाम्रो अगाडी मुद्दा पनि भ्रष्टाचार थियो।
मख्ख भयौँ देशभित्र शान्ति सुब्यवस्था,
ल्याउछौँ भन्ने उनिहरूको हुँकार थियो।
जनता धर्म सङ्कटमा उत्त्रिय फिल्डमा,
त्योबेलाको बुझ्नै नसक्ने व्यवहार थियो।
अब बल्ल समीक्ष गर्छौँ हामिहरू आफ्नै,
त्योकाम गद्दार थियो वा बफादार थियो।
हामि सर्वहारा सुकुम्बासीको घरमा पुग्नु,
कुनै स्वार्थ होइन बरू वर्गिय प्यार थियो।

॥३॥
टुङ्गिनथाल्यो जीवनको सफर ख्याल ख्यालै,
फुल्यो केस चाउरी पर्यो अधर ख्याल ख्यालै।
गरिएन की केहीकाम जो यादगार रहिरहन्छ,
कुनदिन फुत्किन्छ सास केभर ख्याल ख्यालै।
हामिले जेगर्छौँ काम त्यो विचारकै आइना हो,
त्यसैको पर्छ जीवनमा असर ख्याल ख्यालै।
सबैले भन्छन् आफूलाई नै देशभक्त बलियो,
उनैले बेचेकाछन् खोला बगर ख्याल ख्यालै।
मनभित्र आसङ्का जन्मिन्छ अचेल घरीघरी,
नआव़स कुनैदिन अशुभ खबर ख्याल ख्यालै।
॥४॥
यो कस्तो दिउसमानै अन्धकार हुनथाल्यो,
सरकारको बिभेदकारी व्यवहार हुनथाल्यो।
आफ्ना नेताहरू बचाए छ टहरा भत्काउँदै,
त्यसैले सडकमा अब खबरदार हुनथाल्यो।
तिमिलाई थाहाछ कि छैन कोहो भूमाफिया,
अब समाजमा छलफल लगातार हुनथाल्यो।
खोला किनारमै बनाएका घरपनि खरिदका,
आज उनैमा डोजर चल्ने विचार हुनथाल्यो।
हामिले भोट दियौं तिमिले चोट यही फर्क छ,
को गर्छ उपचार डाक्टर नै बिमार हुनथाल्यो।
खतरामा गयो गणतन्त्रिक संविधान समेत,
शङ्घर्ष गर्दागर्दै अब त दिक्दार हुधथाल्यो।
सुरेशकुमार पाण्डे दाङ घोराही १८
































