थापाथलीमा सांसद आशिका तामाङ र ट्राफिक प्रहरीबीच विवाद, केही समय यातायात अवरुद्ध

Image
Nisarga Hospital

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङ र ट्राफिक प्रहरीबीच थापाथली चोकमा विवाद भएको छ। सार्वजनिक भएको भिडियोअनुसार ड्युटीमा खटिएका ट्राफिक प्रहरी र सांसद तामाङबीच नियम पालनाका विषयमा भनाभन भएको हो।

CP Hospital Dhangadhi
Attariya Hospital

दिउँसो साढे २ बजेतिर माइतीघरबाट त्रिपुरेश्वरतर्फ जाँदै गरेकी उनी सवार गाडी थापाथली पुगेको बेला जेब्रा क्रसिङ नजिक ट्राफिक प्रहरीले पैदलयात्रुलाई बाटो काट्नका लागि गाडी रोकेको थियो। सोही क्रममा पहेंलो बत्ती बल्दा गाडी रोकिएको विषयलाई लिएर उनी असन्तुष्ट बनेको बताइएको छ।

प्रहरीका अनुसार, “म बाटो क्रस गर्न सक्थेँ, मलाई किन रोकेको” भन्दै सांसद तामाङ आक्रोशित बनेकी थिइन्। त्यसपछि उनी गाडीबाट ओर्लिएर ट्राफिक प्रहरीसँग भनाभन गरेको बताइएको छ।

विवादका कारण केही मिनेट ट्राफिक व्यवस्थापन प्रभावित बनेको थियो। यसअघि सोही स्थानमा लेन उल्लंघनका कारण सभामुख डीपी अर्यालको गाडीलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको घटना चर्चामा आएको थियो।