रास्वपाको केन्द्रीय जनसम्पर्क विभागमा अत्तरियाका गोकर्ण भट्ट मनोनित, संगठन विस्तारमा नयाँ उर्जा थपिने विश्वास

Image
Nisarga Hospital

अत्तरियाः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय जनसम्पर्क विभागको सदस्य पदमा गोकर्ण भट्ट मनोनित हुनुभएको छ। पार्टीको केन्द्रीय कार्यालय चमती, वनस्थलीबाट महामन्त्री भुपेन्द्र शाहद्वारा जारी गरिएको पत्रअनुसार भट्टलाई उक्त जिम्मेवारी सुम्पिएको हो।

CP Hospital Dhangadhi

कैलालीको गोदावरी-०२ स्थायी ठेगाना भएका भट्टलाई पार्टीको विधान, नीति, सिद्धान्त र विभागको नियमावली तथा कार्यविधि बमोजिम कार्य गर्न जिम्मेवारी दिइएको छ।

Attariya Hospital

मनोनयन पत्र प्राप्त गरेसँगै शुभचिन्तकहरूले भट्टको जिम्मेवारी, अनुभव र सक्रियताले पार्टी संगठनलाई आगामी दिनमा अझ मजबुत र गतिशील बनाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

nawajiwan

साथै, पार्टीको नीति, सिद्धान्त र जनअपेक्षाअनुसार सफलतापूर्वक कार्य सम्पादन गर्नका लागि उहाँलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिइरहेका छन्।