६१ बर्षको उमेरमा प्रेमलाई वैवाहिक बन्धनमा बाँधे आमिर खान र गौरी स्प्रेट

Image
Nisarga Hospital

बलिउड अभिनेता आमिर खान र उनकी प्रेमिका गौरी स्प्रेट वैवाहिक बन्धनमा बाँधिएका छन्। मुम्बईको बान्द्रास्थित आमिरको निवासमा परिवारका सदस्य र निकट साथीभाइको उपस्थितिमा सम्पन्न निजी समारोहमा उनीहरूले विवाह गरेका हुन्। आमिरका प्रवक्ताले दुवै आधिकारिक रूपमा पति–पत्नी बनेको पुष्टि गरेका छन्।

CP Hospital Dhangadhi

करिब २५ वर्षअघि पहिलो पटक भेट भएका आमिर र गौरीबीच प्रेम सम्बन्ध भने सन् २०२४ मा सुरु भएको थियो। झन्डै एक वर्ष लामो सम्बन्धपछि आमिरले सन् २०२५ मा आफ्नो ६०औँ जन्मदिनका अवसरमा गौरीलाई सार्वजनिक रूपमा आफ्नो जीवनसाथीका रूपमा परिचय गराएका थिए। त्यसयता उनीहरू मुम्बईमा सँगै बस्दै आएका थिए।

Attariya Hospital

विवाह समारोहमा आमिरका अघिल्ला विवाहबाट जन्मिएका सन्तान आइरा, जुनैद र आजादसहित परिवारका सदस्य तथा निर्देशक आशुतोष गोवारिकर र अभिनेत्री एली अवरामलगायतका निकट व्यक्तिहरू सहभागी भएका थिए।

nawajiwan

यसअघि आमिरले रीना दत्त र किरण रावसँग विवाह गरेका थिए। दुवैसँग सम्बन्धविच्छेद भए पनि उनीहरूबीच सौहार्दपूर्ण सम्बन्ध कायम छ। गौरीसँगको विवाहसँगै आमिरले आफ्नो जीवनको नयाँ अध्याय सुरु गरेका छन्।