सुनको मूल्य प्रतितोला ३ लाख २ हजार २००, चाँदी पनि बढ्यो

Image
Nisarga Hospital

नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ हजार २०० रुपैयाँले बढेर ३ लाख २ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो।

CP Hospital Dhangadhi

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ६० रुपैयाँले बढेको छ। शुक्रबार प्रतितोला ४ हजार ६०० रुपैयाँ रहेको चाँदी आइतबार ४ हजार ६६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Attariya Hospital

महासंघका अनुसार आइतबार १० ग्राम छापावाल सुनको मूल्य २ लाख ५९ हजार ९० रुपैयाँ कायम भएको छ। त्यसैगरी, १० ग्राम चाँदीको मूल्य ३ हजार ९९५ रुपैयाँ पुगेको छ।

nawajiwan

दुई दिनको अवधिमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको हो। बजारमा सुनको मूल्य निरन्तर उच्च रहँदा लगानीकर्ता तथा उपभोक्ताको चासो बढेको छ।