‎सिगास प्रिमियर लिग सिजन – १ को तयारी पूरा, ११ टोलीबीच प्रतिस्पर्धा हुने

Image
Nisarga Hospital

सिगास:

CP Hospital Dhangadhi

बैतडीको सिगास गाउँपालिका वडा नं. २ गाँजरी स्थित अर्जुन माध्यमिक विद्यालयको खेलमैदानमा सिगास स्ट्राइकर्स क्रिकेट क्लबद्वारा आयोजना हुन लागेको सिगास प्रिमियर लिग (SPL) को पहिलो संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ । कार्तिक १८ गतेदेखि सुरु हुने प्रतियोगितामा ११ टोलीले सहभागिता जनाउने भएका छन् ।
‎
‎प्रतियोगिताको तयारी पूरा भएसँगै आयोजकले सहभागी टोलीहरूको पोल विभाजनसमेत सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार ११ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।  जसमा पोल ‘A’ मा ६ र पोल ‘B’ मा ५ टोली रहेका छन् ।


‎
‎पोल ‘A’ मा राइजिङ स्टार बेशरा टिम (वडा नं. १), वडा नं. ३, वडा नं. ५, वडा नं. ९, गाँजरी ‘B’ (वडा नं. २) र लेकमबस्ती लायन युवा क्लब (साउद ब्रदर्स) रहेका छन् ।
‎
‎त्यस्तै, पोल ‘B’ मा गाँजरी ‘A’ (वडा नं. २), वडा नं. ४, थलाकाँडा टाइगर्स (सिगास–६), वडा नं. ८ र वडा नं. १ ‘B’ रहेका छन् ।
‎
‎आयोजक सिगास स्ट्राइकर्स क्रिकेट क्लबका अध्यक्ष आभास धामीका अनुसार सिगास क्षेत्रमा क्रिकेट खेलको विकास, स्थानीय खेलाडीको प्रतिभा पहिचान तथा खेलकुदमार्फत युवाहरूबीच आपसी सद्भाव, एकता र भाइचाराको भावना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa


‎
‎प्रतियोगिताले गाउँपालिकाभित्रका विभिन्न वडा तथा युवा क्लबहरूबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुका साथै स्थानीयस्तरमा क्रिकेट खेलप्रतिको आकर्षण बढाउने अपेक्षा गरिएको छ ।
‎
‎प्रतियोगितालाई थप आकर्षक र प्रतिस्पर्धात्मक बनाउन आयोजकले विभिन्न विधामा नगद पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्रको व्यवस्था गरेको छ ।
‎
‎जसअनुसार प्रतियोगिताको विजेता टोलीले नगद रु. २२ हजार २ सय २२ सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले रु. ११ हजार १ सय ११ सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।
‎
‎त्यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडी (म्यान अफ द टुर्नामेन्ट) लाई रु. १ हजार, उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानलाई जनही रु. ८ सय तथा प्रत्येक खेलको म्यान अफ द म्याचलाई रु. १ सय नगद पुरस्कार प्रदान गरिने क्लबले जनाएको छ ।
‎
‎स्थानीयस्तरमा खेलकुदको प्रवर्द्धन, प्रतिभावान् खेलाडीको पहिचान र युवाहरूलाई सकारात्मक गतिविधिमा जोड्ने लक्ष्यसहित आयोजना हुन लागेको SPL को पहिलो संस्करणलाई सफल बनाउन आयोजकले सम्पूर्ण खेलप्रेमी, स्थानीयवासी तथा सरोकारवालालाई सहयोग र सहभागिताका लागि आग्रह गरेको छ ।
‎

Dhnagadhi & Krishanapur