लोक दोहोरी स्टार, सिजन-2´मा चम्किँदै डोटीका श्याम जि परियार

Image
Nisarga Hospital

डोटी।
लोकदोहोरी गायन क्षेत्रमा आफ्नो पहिचान बनाउने यात्रामा रहेका श्याम जि. परियार यतिबेला चर्चित गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–२’ मा आफ्नो प्रतिभा प्रस्तुत गरिरहेका छन्।
विभिन्न चरण पार गर्दै उत्कृष्ट २० मा पुगेका परियार अहिले उत्कृष्ट १६ मा प्रवेशका लागि दर्शकको भोटको प्रतीक्षामा छन्।
डोटीको शिखर नगरपालिका–६, तलकोट (पचनाली) मा जन्मिएका परियारको जन्म २०५८ साल भदौ २६ गते भएको हो। बुबा नरी नेपाली र आमा मातादेवी नेपालीका चार सन्तानमध्ये उनी साइलो छोरा हुन् ।
सानैदेखि गीत–सङ्गीतप्रति विशेष रुचि राख्ने उनलेे १० वर्षको उमेरमा २०७७ सालदेखि औपचारिक रूपमा गायन यात्रा सुरु गरेका हुन्।
स्थानीय हरिहर माध्यमिक विद्यालयबाट अध्ययन गरेका परियारले अहिलेसम्म सातवटा गीति एल्बम सार्वजनिक गरिसकेका छन्। ती गीतहरूमा पिउने बनायो, सुन्नु न ठुल दाई, नागिनवाला डान्स, नागिन वाला डान्स-2, गाँजाको डब्बा, मार्यो व्यथाले, बदनामी रहेका छन् ।

CP Hospital Dhangadhi

गायनलाई अझ निखार्ने उद्देश्यले उनी हाल म्युजिक क्लाससमेत सिकिरहेका छन् भने रोधीघरमा पनि कार्यरत छन्।
‘लोकदोहोरी स्टार सिजन–२’ मा सहभागी परियारले आफ्नो गायन प्रतिभाका आधारमा अडिसन राउन्ड, मेगा अडिसन राउन्ड, ग्रान्ड प्रिमियर राउन्ड र टप २४ भोटिङ राउन्ड सफलतापूर्वक पार गरिसकेका छन्। अहिले उनी टप २० जनाबाट टप १६ मा पुग्ने प्रतिस्पर्धामा छन्।
उक्त प्रतिस्पर्धाका लागि कार्तिक १६ गतेदेखि सुरु भएको भोटिङको अन्तिम मिति कार्तिक १९ गते दिउँसो ४ बजेसम्म तोकिएको छ। भोट गर्न V19 कोड प्रयोग गरी आफूलाई उत्कृष्ट १६ मा पुर्‍याउन सबै दर्शक तथा शुभेच्छुकलाई सक्दो भोट गरिदिन उनलेे आग्रहसमेत गरेका छन्।
भोट गर्नका लागि Aventoz App डाउनलोड गरी ‘लोकदोहोरी स्टार सिजन–२’ मा प्रवेश गरेर श्याम जि. परियारलाई छनोट गरी आफूले सक्ने भोट गर्न सकिनेछ। साथै eSewa एप तथा मोबाइल बैंकिङमार्फत पनि भोट गर्न सकिने व्यवस्था रहेको छ।
आफ्नो सांगीतिक यात्रामा साथ र हौसला प्रदान गर्ने दर्शक तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै परियारले सबैबाट माया, साथ र सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका छन्।
डोटीको स्थानीय प्रतिभा राष्ट्रिय मञ्चमा आफ्नो कला प्रस्तुत गरिरहेको यस अवसरले जिल्लाकै पहिचानलाई थप उचाइ दिने चर्चित कलाकार सुर्यविरही साउँदले बताए ।

विशेषत: आधुनिक विधाको गायनमा रुचि राख्ने श्याम जि परियारले लोक दोहोरी विधालाई पनि उत्तिकै न्याय दिएर गाउने गरेका छन् ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur