सबैभन्दा बढी आयकर दाखिला गर्ने करदातामध्ये निसर्ग अस्पताल सम्मानित

Image
Nisarga Hospital

आर्थिक वर्ष २०८१/०८२ मा सबैभन्दा बढी आयकर दाखिला गर्ने करदातामध्ये पर्न सफल निसर्ग अस्पताल एण्ड रिसर्च सेन्टर प्रा.लि. सम्मानित भएको छ।

CP Hospital Dhangadhi

१५औँ राष्ट्रिय कर दिवस २०८३ को अवसरमा आन्तरिक राजस्व कार्यालय धनगढीले अस्पताललाई सम्मानपत्र प्रदान गरेको हो।

नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गतको कार्यालयले आफ्नो कार्यक्षेत्रभित्र रहेका करदातामध्ये आर्थिक वर्ष २०८१/०८२ को आय विवरणअनुसार सबैभन्दा बढी आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पुर्‍याएको भन्दै अस्पताललाई सम्मान गरेको जनाएको छ।

अस्पतालका अध्यक्ष तीर्थराज पन्तले उक्त सम्मान ग्रहण गरेका हुन्।

स्वास्थ्य सेवा प्रदान गर्नुका साथै राज्यप्रतिको आर्थिक दायित्व जिम्मेवारीपूर्वक निर्वाह गर्दै आएको अस्पतालले प्राप्त गरेको सम्मानले संस्थाको सामाजिक तथा आर्थिक उत्तरदायित्वलाई थप उजागर गरेको छ।

उक्त अवसरमा आन्तरिक राजस्व कार्यालय धनगढीले निसर्ग अस्पतालसँगै आयुष सर्जिकल र नास्ट कलेजलाई समेत सम्मान गरेको छ।