सुरेश कुमारका केही उत्कृष्ठ गजलहरु

Image
Nisarga Hospital

बिदा गरौँ गरिबको घरबाट तिहार अब,
नबनाउँ पेसा भैलो समय अनुसार अब।

CP Hospital Dhangadhi

गरिब आफैपनि दुखि हुन्छन् हुँदैन पैसा,
न बनाउ स्रमिन्दा र हुनेछ आभार अब।

परम्परा पनि बोझ हुनथाल्यो समाजमा,
ढालौँ पर्व प्रगतिशीलमै यो संस्कार अब।

समाज विकासका लागि गरौँ हातेमालो,
गर्नुपर्छ है कुसंस्कार फाल्ने विचार अब।

उठाउ राष्ट्रकै झण्डा र नाचौँ नेपाली सबै,
नबनौँ कुनैपनि विदेशीका हतियार अब।

उठ जाग गरिबहरू सबै गरौँ हातेमालो हामी,
वर्गिय हितमा शङ्घर्ष गरौँ आलोपालो हामी।

लामो छ यात्रा थाकिए हामी सघाऊ तिमीले,
एकता बलियो आफूजस्तै गरौँ संगालो हामी।

भर नपरे अब नेताहरू दलाल धेरैछन देशमा,
बन्नु पर्छ जनताहरू नै देशको गोठालो हामी।

भ्रम दिन्छन् हामिलाई दुश्मनको खाइ कलो,
अब चिनौँ दुश्मन् आँखाको हटाई जालो हामी।

को देशका सच्चा सिपाही राष्ट्र जोगाउने यहाँ,
चिन्नैपर्छ अब त कतिछन् मनको कालो हामी।

बरू लगाउँला स्वाभिमानका लागी हत्थकडी,
लगाउँदैनौँ दुष्टले दिएको सुनको बालो हामी।

गजल
ऊ पनि त गयो खै कुन उदेश्यले आएको थियो,
थोरै समयमै उसले राम्रो सम्मान पाएको थियो।

भनिन्छ सबैसँग मिल्ने मानिस पनि ठिक हुँदैन,
तर ऊ भने जताततै मिलेको र अटाएको थियो।

ठूला ठूला कुरा र भाषनमा क्रान्तिकारी रफ्तार,
आइएन जीओले उसैलाई पत्र पठाएको थियो।

सहकारीमा प्रमुख उही थियो एन जिओ प्रमुख,
गनि नसक्ने थिए खुबी धेरैलाई सताएको थियो।

अक्सर यस्तै यस्तै हुनेरहेछन् क्रान्ति मारा विर,
त्यो प्रतिकृयावादीको कलोमा अघाएको थियो।

यता जनता सँग घनिष्ट संवन्ध राख्ने आधार छ,
उता क्रान्ति विरोधी सँग साइन लगाएको थियो।

म यतै आउँछु भन्ने साच्चै खबर हुँदाहुदै,
छोडेर गएछौ तिमी मनमा रहर हुँदाउदै।

के बदलियो म देशको नक्सा खोजिरहेँ,
देख्दैन म पौडिएकै खोला बगर हुँदाहुदै।

कसरी भुलेछौ आफ्नो जन्म भूमि तिमी,
अँझै नसा नसामा यसको असर हुँदाहुदै।

हवा उही पानी उही बदलियो के भनिदेउ,
टुङ्गीनथाल्यो जीवन बाँकी सफर हुँदाहुदै।

पराय लाग्न थाल्यो खै यही जीवन पनि,
बिरानो हुन पुगेछौँ आफ्नो घर हुँदाहुदै।

जीवन छ आफूसँग र त सफर चलिरहन्छ,
साच्चै स्वासको छ र त असर चलिरहन्छ।

मान्छे हुँ भन्न सजिलो हुन्छ बनिरहन गारो,
कसो गरौँ यो सञ्चारको खबर चलिरहन्छ।

तिमी पच्छाउ वा नपच्छाउ फर्क हुन्न खासै,
आत्रुका लागि निरन्तर यो डगर चलिरहन्छ।

मानिस जिउँदो छँदासम्म आसाको मेला,
जिउने खुसिहुने मान्छेको रहर चलिरहन्छ।

जन्मिदा रित्तो आएपनि कहाँ जान्छ रित्तो,
जिउँदो छँदासम्म टाउका उप्पर चलिरहन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८