१० दिनपछि सुनचाँदीको भाउमा उछाल, सुन तोलामा ४ हजार ८०० रुपैयाँले बढ्यो

Image
Nisarga Hospital

लगातार १० दिनदेखि ओरालो लागिरहेको सुनचाँदीको मूल्यमा आज (सोमबार) वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ हजार ८०० रुपैयाँले बढेर २ लाख ४७ हजार ४०० रुपैयाँ कायम भएको छ।

CP Hospital Dhangadhi

कारोबार हुने साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला २ हजार ८०० रुपैयाँले घटेर २ लाख ४२ हजार ६०० रुपैयाँमा झरेको थियो। गत कात्तिक २७ गतेदेखि निरन्तर घट्दै आएको सुनको मूल्यमा आज एकाएक वृद्धि देखिएको हो।

यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ४५ रुपैयाँले बढेर ३ हजार ११० रुपैयाँ पुगेको छ। आइतबार चाँदी प्रतितोला ३ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा समेत एक वर्षयताकै न्यून विन्दुमा झरेको सुनचाँदीको मूल्य आज पुनः उकालो लागेको छ। यसको प्रभाव नेपाली बजारमा पनि देखिएको हो।