बाढीपहिरो पिडितहरुलाई चुरे गाउँपालिकाले सोलार वितरण

Image
Nisarga Hospital

कैलालीको चुरे गाउँपालिकाले बाढीपहिरो पिडितहरुलाई सोलार वितरण गरेको छ।पालिकाले आइतवार गाउँपालिकाक्षेत्रमा रहेका बाढीपिडितहरुलाई ५० वाटका सोलार र ३५ वाटका ब्याट्रि वितरण गरेको हो। पालिकाको–४ नम्बर वडा बालुवागडामा रहेका १८ परिवारलाई सोलार वितरण गरेको गाउँपालिका अध्यक्ष चक्रबहादुर बोगटीले बताए।

CP Hospital Dhangadhi

अध्यक्षले पालिका भित्र रहेका ३० वटा बाढीपहिरो पिडित परिवारलाई सोलार वितरण गरिने बताए। त्यसमध्ये ४ वटा परिवारलाई केही समय अगाडी नै सोलार वितरण गरिएको उनको बताए।

Attariya Hospital

‘विगत ४÷५ वर्षदेखी पालमुनी अध्यारोमा बस्दै आएका पहिरोपिडितहरु छन’ उनले भने ‘हामी निर्वाचित भएपछि गतवर्ष नै उनीहरुका लागि सोलार वितरण गर्ने योजना बनाईएको थियो, केही प्राविधिक कारणबस वितरण गर्नमा ढिलाई भयो।’ अँध्यारोमा पालमुनि दिन काटीरहेको बाढी पहिरो पिडितहरु सोलार पाएपछि हर्षित भएका छन्।

nawajiwan