महेन्द्रनगरमा सिठी बजाउँदै एक हजार बढी क्यारिङ्कर्ताले गरे प्रदर्शन

Image
Nisarga Hospital

कञ्चनपुर: कञ्चनपुरको महेन्द्रनगरमा क्यारिङ्कर्ताले सिठी बजाउँदै फुक्दै प्रदर्शन गरेका छन् । महेन्द्रनगर बजारमा आज एक हजार बढी क्यारिङ्कर्ताहरुले आन्दोलन स्वरूप सिठी फुक्दै र्‍याली प्रदर्शन गरेका छन्।

CP Hospital Dhangadhi

कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले साइकलमा समान क्यारिङ गर्न रोक लगाएपछि क्यारिङ्कर्ता आन्दोलित भएका छन्। भन्सार तिरेर क्यारिङ गर्नु पाउनु पर्ने माग राख्दै आन्दोलन गरिएको हो। आज महेन्द्रनगर बजार क्षेत्रमा एक हजार भन्दा बढी क्यारिङ्कर्ताहरुले सिठी फुक्दै आन्दोलन र्‍याली गरेका हुन् ।

Attariya Hospital

कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले साइकलमा समान क्यारिङ गर्न पूर्ण रूपमा रोक लगाएको छ। साइकलमा समान क्यारिङ गर्नेहरूबाट राजश्व चुहावट हुन लागेको बताउँदै कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले साइकलमा समान क्यारिङ गर्न रोक लगाएको हो।

nawajiwan