अछाम कारागारभित्र लागुऔषधको ओसारपसार गर्ने एक जना पक्राउ

Image
Nisarga Hospital

अछाम: अछाम कारागारभित्र लागुऔषधको ओसारपसार गर्ने एक जना पक्राउ परेका छन् । अछाम जिल्ला कारागारमा मासुभित्र लागुऔषध ओसार पसार गर्ने एक जना पक्राउ परेका हुन्।

CP Hospital Dhangadhi

जिल्लाको कमलबजार नगरपालिका–३ का जनक बडुवाल लागुऔषधसहित मङ्गलवार राति पक्राउ परेका छन्। उनी जिल्ला कारागारका सफाई कर्मचारी हुन्। उनको साथबाट ७ सय ४० मिलिग्राम लागुऔषध (खैरो हिरोइन)फेला परेको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी राजेन्द्र साउँदले बताए।

Attariya Hospital

साउँदले जिल्ला कारागार भित्र रहेको सेवन कर्ताको बारेमा भने बोल्न चाहेनन। तर, जिल्ला कारागार अछाममा पहिला पनि लागु औषधको ओसार पसार हुने गरेको आरोप छ।

nawajiwan