बालकुमारीमा ज्यान गुमाएका वीरेन्द्रको परिवारलाई एक लाख ५० हजार रुपैयाँ राहत, आज पालिकामा शोक बिदा

Image
Nisarga Hospital

बालकुमारीमा प्रदर्शनको क्रममा ज्यान गुमाएका वीरेन्द्र शाहको परिवारलाई चौरपाटी गाउँपालिकाले एक लाख ५० हजार रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

CP Hospital Dhangadhi

शाह सोही गाउँपालिका वडा नं. १ निवासी हुन् । गाउँपालिकाले बिहीबार शोक मनाउने र सार्वजनिक विदा दिने समेत निर्णय गरेको छ । बुधबार बसेको गाउँ कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको गाउँपालिकाका अध्यक्ष भिमबहादुर साउँदले बताए ।

Attariya Hospital

उनका अनुसार बिहीबार गाउँपालिकाभित्रका शैक्षिक संस्था , सरकारी, गैरसरकारी कार्यालयहरुमा शोक बिदा दिने निर्णय भएको छ । शाहको रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षार्थीहरूको आन्दोलनका क्रममा प्रहरीसँग झडपमा परेर शुक्रबार मृत्यु भएको थियो ।

nawajiwan