दुहुँकाे राष्ट्रपति रनिङ शिल्ड जनविकास माविमा हुने

Image
Nisarga Hospital

दार्चुलाः दार्चुलाको दुहुँ गाउँपालिकाकाे पालिकास्तरीय चाैथाे राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यहि पुस २४ गतेदेखि शुरू हुने भएको छ। उक्त रनिङ शिल्ड प्रतियोगिता जनविकास मावि बारबाजमा सञ्चालन हुने दुहुँ गाउँपालिकाका अध्यक्ष नरेन्द्रबहादुर सिंह बडालले जानकारी दिनुभयो ।

CP Hospital Dhangadhi

यसअघि गाैरिलमाडाैं मावि हिकिलामा हुँदै आएकाे प्रतियोगिता पहिलाेपटक जनविकास मावि बारबाजमा हुन लागेकाे हाे ।
रनिङ शिल्ड प्रतियोगिताकाे लागि दुहँ गाउँपालिकाकाे सहयाेगमा मैदान निर्माण कार्य अन्तिम चरणमा पुगेको जनविकास माविका प्रधानाध्यापक शान्ति बाेहराले बताउनुभयो । यसका साथै रनिङ शिल्ड प्रतियाेगिताका लागि विद्यालयमा खेल सप्ताह सञ्चालनमा रहेकाे र प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्न विभिन्न जिम्मेवारी पनि बाँडफाँड गरि समिति बनाएको छ।

रनिङ शिल्ड प्रतियोगितामा पालिकामा रहेका ५ विद्यालयकाे सहभागीता रहने दुहुँ गाउँपालिकाका शिक्षा शाखा संयाेजक लाेकेन्द्रबहादुर बमले बताउनुभयो ।

nawajiwan
Attariya Hospital

प्रतियोगितामा जनविकास मावि बारबाजसहित गाैरीलमाडाैं मावि हिकिला,धारापानी मावि धारी,गणेश मावि सिमली र पिपलचाैरी मावि बिणकाे सहभागीता रहने छ।

पालिकास्तरमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि छनाेट हुनेछन् ।