प्रदेश संरचनालाई बलियो बनाउनुपर्छ: मुख्यमन्त्री शाह

Image
Nisarga Hospital

बैतडीः सुदूरपश्चिम प्रदेसका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेश संरचनालाई बलियो बनाउनुपर्नेमा जाेड दिनुभएको छ ।
नेपाल प्रेस युनियन बैतडीले बिहीबार बिहान गोठलापानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री शाहले तिनै तहको सरकारको अधिकार बाडफाँड भएपनि कार्यान्वयनमा फितलो भएको बताउनुभयो।

CP Hospital Dhangadhi

मुख्यमन्त्री शाहले संघ सरकार, प्रदेस सरकार र स्थानीय तहका आ आफ्नै अधिकार भएपनि पूर्णरुपमा कार्यान्वयन नभएकाले अव त्यो पूर्ण रुपमा लाग्नुपर्ने बताउनुभयो ।उहाँले भन्नुभयो,” तीनै तहका सरकारका एकल र साझा अधिकारहरु छन् । तिनीहरुको पूर्ण रुपमा कार्यान्व्यन हुनु आवश्यक छ ।”

बजेट बाँडफाँड गर्दा चोरबाटोबाट आएका योजनामा बजेट नआउने र प्रक्रियागत आएका योजनामा मात्र बजेट बाडफाँड गरिने भनेपनि अन्तिममा प्रक्रियाबाट आएका योजनामा थोरैमात्र बजेट किन आयो भन्ने संचारकर्मीको प्रश्नमा मुख्यमन्त्री साहले त्यस्तो नभएको बताउनुभयाे।
मुख्यमन्त्री शाहले प्रदेश गौरवका योजनाहरुमा बजेटको अभाव नहुने बताउनुभयाे । प्रदेशले प्राथमिकतामा राखेर निर्माण गरिरहेका योजनाहरुमा बजेटको अभाव नहुने उहाँले दाबी गर्नुभयाे ।

nawajiwan
Attariya Hospital

पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री शाहले देशमा तीन तहका सरकार भएपनि अधिकार कार्यान्वयनमा समस्या रहेको बताउनुभयाे। तिनै तहका सरकारका आ–आफ्ना अधिकार भएपनि पूर्ण रुपमा अधिकार कार्यान्वयनमा समस्या देखिएको मुख्यमन्त्री शाहले बताउनुभयाे।
प्रदेश सरकार अलोकप्रिय भएको र खारेज गर्नुपर्ने गुनासाको प्रसंगमा मुख्यमन्त्री शाहले प्रदेश संरचनालाई बलियो बनाउनुपर्ने बताउनुभयाे ।

मुख्यमन्त्री शाहले पञ्चेश्वर बहुउद्देश्यीय आयोजना र पश्चिमसेती जलविद्युत् निर्माण प्रक्रिया अघि बढिसकेकाले यसमा शंका नरहेको जिकिर गर्नुभयाे । उहाँले नेपाल–भारत सीमानाका झुलाघाटलगायत दार्चुला र डडेल्धुरामा महाकाली नदीमाथि पुल निर्माण प्रक्रिया पनि अगाडि बढेको जानकारी पनि दिनुभयाे।

शिक्षा र स्वास्थ्य सेवा प्रवाहमा तीन तहकै सरकारबीच तालमेल नहुँदा समस्या उत्पन्न भएको मुख्यमन्त्री शाहले बताउनुभयाे।