त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान

Image
Nisarga Hospital

त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपतिका लागि दरखास्त आह्वान गरिएको छ । त्रिविको उपकुलपति नियुक्तिका लागि नाम सिफारिसका गर्न गठित छनोट तथा सिफारिस समितिले शुक्रबार एक सूचना गरी गर्दै उपकुलपतिका लागि दरखास्त आह्वान गरेको हो ।

CP Hospital Dhangadhi

कुलपतिबाट रिक्त उपकुलपति नियुक्त गर्न त्रिभुवन विश्वविद्यालय ऐन २०४९ को दफा १८ को उपदफा (२) अनुसार गठित सिफारिस समितिबाट स्वीकृत कार्यविधि २०८० अनुसार योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दश दिनभित्र दरखास्त पेस गर्न सूचनामा भनिएको छ ।

Attariya Hospital

सिंहदरवारमा रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यालय समयभित्र दरखास्त पेस गर्नुपर्ने छ । दरखास्तमा शैक्षिक, वैयक्तिक विवरणसहित सोचपत्र, चार वर्षे व्यावसायिक कार्ययोजना बुझाउनुपर्ने छ । त्रिविका उपकुलपति डा धर्मकान्त बास्कोटाको कार्यकाल कात्तिक १८ गते सकिएको थियो।

nawajiwan