सर्लाहीको एक अस्पतालमा विवादमा प्रदर्शन, एक जनाको मृत्यु

Image
Nisarga Hospital

सर्लाही : सर्लाहीको बरहथवामा प्रदर्शनका क्रममा एक जनाको मृत्यु भएको छ । बरहथवा नगरपालिका–६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै नेपाली कांग्रेससहितका दलले गरेको प्रदर्शनका क्रममा एक जनाको मृत्यु भएको हो ।

CP Hospital Dhangadhi

सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले एकजना प्रदर्शनकारीको मृत्यु भएको पुष्टि गरे । मृतकको पहिचान खुल्न बाँकी छ । गोली लागेर मृत्यु भएको हो वा होइन भन्ने नखुलेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यस्तै, केही व्यक्ति घाइते भएका छन् ।

Attariya Hospital

प्रदर्शनकारीले नगरपालिका कार्यालय तथा नगरप्रमुख कल्पनाकुमारी कटुवालको घरमा ढुङ्गामुढा प्रहार गरेका छन् । त्यसपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास हान्नुका साथै हवाई फायर गरेको छ ।

nawajiwan