तराईका धर्तीपुत्र दाबी गर्ने थारु समुदायमा भलमन्सा छान्ने तयारीमा

Image
Nisarga Hospital

अत्तरिया : तराईका धर्तीपुत्र दाबी गर्ने थारु समुदायले १ माघलाई नयाँ वर्ष अर्थात् माघी पर्वकारुपमा मनाउँछन् । माघी नजिकिँदा थारु समुदायमा बेग्लै रौनक छ । उनीहरुले यही दिन घरको किसनुवा र गाउँको भलमन्सा र बडघर (मुखिया) समेत छनोट गर्दछन् ।
माघी पर्व यसकारण पनि उनीहरुका लागि महत्वपूर्ण छ । माघीमा उनीहरु घर-घरमा मिठो परिकार बनाउने, नयाँ तथा परपरागत पहिरनका साथ परिवारका सदस्यमा खुसी साँटासाँट र नृत्य गर्ने गर्दछन् । यस दिन घरमा मिठो खाना खाएर आफ्नो पहिरनमा गाउँको भलमन्साको पटाङ्गिनीमा जम्मा हुने र परम्परागत सखिया नाच लगायत नाचहरु नाच्ने गर्दछन् ।

CP Hospital Dhangadhi

त्यही दिन आधिकारिक रुपमा भलमन्साको नयाँ छनौट वा पुरानैलाई अनमोदन गर्ने काम समेत हुन्छ । थारु परिवारमा घरको घरमुली अर्थात् किसनुवा पनि त्यही दिन छान्ने चलन छ । थारु परिवारमा जेष्ठ नागरिकका अधारमा मात्रै घरभुली ठहर्दैन । जसले घर परिवारलाई मिलाएर लैजान सक्छ त्यसैलाई घरमुली छान्ने चलन छ ।

माघीकै दिन गाउँको भलमन्सा छनौट गर्नु पर्ने भएकाले अहिले थारु गाउँमा भलमन्साको पजनी सुरु भएको छ । ‘भलमन्साले बर्ष दिनमा गरेका राम्रो नराम्रो कामको मुल्यांकन गरेर गाउँले बीच कुरा चल्न थालेको छ,’ भजनी थापापुरका शकर कठरियाले भने,‘ माघीको दिनसम्ममा भमलन्साको पक्षरबिपक्षमा कस्तो जनमत बन्छ, त्यसको अधारमा पुनः अनमोदन हुनेरनहुने कुरा निश्चित हुन्छ ।

nawajiwan
Attariya Hospital

भजनी-४, कटानपुरका हेरुलाल डगौराले भने आफूहरुको गाउँमा भलमान्सा चुन्न गएको पाँच वर्षदेखि निरन्तर चुनाव हुँदै आएको बताए । ‘गाउँमा गाउँले बीच भलमन्साका बिषयमा पजनी सुरु भइसकेको छ,’ डगौराले भने, ‘माघीको दिन गाउँलेले अहिलेकै वा नयाँ चाहियो भन्ने छन् । सायद चुनाव होला जस्तो छ ।’ धनगढी जाईका प्रभात चौधरीले भलमन्सा छनौट गर्ने विधि पुर्ण लोकतान्त्रिक रहेको बताए । उनका अनुसार अहिले ससंदमा निर्णायक रुपमा प्रस्तुत एजेन्डालाई जसरी बहुमत ध्वनि मतले पास गर्दा हुन्छ वा हुदैन भन्ने चलन छ ।

अहिले केही थारु बस्तीमा मतदानको प्रक्रियाबाट पनि भलमन्सा वा बडघर निर्वाचित गर्न सुरु भएको हेरुलालले बताए । गएको बर्ष कटानपुर थारु गाउँमा मात्रै नभएर, भजनीको महादेउली , पल्टुपुर र थापापुरमा पनि चुनाव भएको बताए । उनले पछिल्लो समयमा थारु समाजमा पुरुष मात्रै भलमन्सा हुने प्रचलन पनि हट्दै गएको बताए । गएको बर्ष महादेउलीमा सुमित्रा चौधरी भलमन्साको चुनावमा उम्मेदवार भएकी थिइन् । तर थोरै मतले पुरुष उम्मेदवार लेखराम चौधरी भलमन्सामा विजयी भएका थिए । भलमन्साका सहियोगीका लागि चार जना चिराकी र गुरुवा हुन्छन् । ‘चिराकी’को मुख्य काम भलमन्साको उर्दी र सूचनालाई सबैको घर– घर पुर्‍याउने हो । ‘गुरुवा’ धामी झाँक्री , औषधि मुलो, बैद्यमध्येका व्यक्ति छानिने गर्दछन् ।