धुर्मुस–सुन्तली करिब ८ वर्षपछि मेला महोत्सवमा फर्किए, माघ १ गते अत्तरियामा आउदै

Image
Nisarga Hospital

करिब ८ वर्षपछि मेला महोत्सवमा फर्किएका कलाकार जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को पछिल्लो समय व्यस्तता दिन प्रतिदिन बढ्दो छ । गत पुस १४ गते कास्कीमा आयोजित ‘१९ औँ लेखनाथ महोत्सव – २०८०’ बाट मेला महोत्सवमा कम ब्याक गरेका उनीहरू अहिलेसम्म आधा दर्जन बढी महोत्सवमा सहभागी भैसकेका छन् ।

CP Hospital Dhangadhi

यसै बिच पौष २६ गते देखी अत्तरियामा सुदूरपश्चिम प्रादेशिक महोत्सब लाग्दै गरेको छ । कलाकार धुर्मुस सुन्तली पनि अत्रियामा लाग्ने महोत्सबमा आफ्नो प्रस्तुती दिने भएका छन । उहाँ लाई आउदै गरेको माघ १ गते संक्रान्तीका दिन प्रस्तुती रहेको बाणिज्य संघका अध्यक्ष तथा कलाकार संयोजक रमेश भट्टराईले जानकारी दिनु भयो ।

Attariya Hospital

अहिले विभिन्न स्थानका मेला महोत्सवबाट सहभागीका लागि धेरै निमन्त्रणा आइरहेको सिताराम कट्टेल ‘धुर्मुस’ले बताए । ‘हामी स्टेज फर्किएपछि कार्यक्रममा बोलावट धेरै आउने गरेको छ’, कट्टेलले भने, ‘सबैलाई समय दिन सक्दिन कि भन्ने चिन्ताले सताउन थालेको छ ।’ बोलावट आएको ठाउँमा भ्याएसम्म पुग्ने योजनाले समय व्यवस्थापन पनि गरिरहेको उनले सुनाए ।

nawajiwan

कट्टेलका अनुसार पुस २९ गते ‘सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टिकापुर महोत्सव’ कैलालीमा उनले प्रस्तुति दिनुपर्नेछ । त्यसपछि माघ १ गते ‘सुदूरपश्चिम प्रादेशिक महोत्सव’ कैलाली अत्तरियामा प्रस्तुति छ । त्यस्तै, माघ ३ गते कैलालीकै बाँस गढीमा आयोजित महोत्सवमा प्रस्तुति रहनेछ । माघ ५ गते ‘बर्दिया राजापुर महोत्सव’ मा पुग्ने उनीहरूले ६ गते ‘राप्ती लुम्बिनी प्रादेशिक कृषि तथा पर्यटन महोत्सव’ दाङको भालुवाङमा पुगेर प्रस्तुति दिनेछन् । माघ ८ गते ‘आरुघाट महोत्सव’ गोरखाको पनि निम्तो फाइनल भएको उनले सुनाए ।