दार्चुलामा परिचय नखुलेकी एक महिलाको शव फेला

Image
प्रतिकात्मक फोटो
CP Hospital Dhangadhi

अत्तरिया : दार्चुलामा एक महिलाको शव फेला परेको छ । जिल्लाको शैल्यशिखर नगरपालिका – ९ स्थित पथरानी रुक्साल खोलामा सोमबार बिहान एक महिलाको शव पाइएको प्रहरीले बताएको छ ।

Attariya Hospital

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार ती महिलाको परिचय भने खुलेको छैन । अन्दाजी ३५ वर्षीया ती महिला भिरबाट खसेर मृत्यु भएको अवस्थामा फेला परेकी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए ।

nawajiwan

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।