जल तथा मौसम विज्ञान विभागका अनुसार आजका लागि तराईमा हुस्सु सँगै हिमाली भेगमा हिमपात हुने

Image
Nisarga Hospital

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराई क्षेत्रका केही भूभागमा हुस्सु तथा कुहिरो लागेको छ ।

CP Hospital Dhangadhi

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागको मौसम सफा रहने महाशाखाले बुलेटिनमार्फत जानकारी गराएको छ ।यस्तै, कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Attariya Hospital

राति देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।मुलुकका केही स्थानमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाइ यातायातमा प्रभाव पर्न सक्ने भएकाले सचेत रहन महाशाखाले आग्रह गरेको छ ।यस्तै, तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक उपाय अपनाउन सबैमा अनुरोध गरिएको छ । आज बिहान सूर्योदय ६ बजेर ५६ मिनेट र सूर्योदय साँझ ५ बजेर २५ मिनेटमा हुनेछ ।

nawajiwan