बैतडीमा एक विद्यार्थीमाथि धारिलो हतियार प्रहार, ६ जना पक्राउ

Image
Nisarga Hospital

बैतडी: बैतडीको दोगडाकेदारमा एक विद्यार्थीमाथि धारिलो हतियार प्रहार भएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिकाको चौथो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सहभागी हुन गएका एक विद्यार्थीमाथि धारिलो हतियार प्रहार भएको छ।

CP Hospital Dhangadhi

दोगडाकेदारको पन्ज्युनयाँ खेलमैदानमा संचालन भइरहेको प्रतियोगितामा सोमबार राति केदार माबि, पिपलकोटका विद्यार्थी विशाल कार्कीमाथि धारिलो हतियार प्रहार भएको हो।

Attariya Hospital

हतियार प्रहारबाट घाइते भएका १७ वर्षीय कार्कीको स्थानीय गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ। सोमबार साँझ उक्त घटना भएको र त्यसलगत्तै प्रहरी परिचालन गरेर घटनामा संलग्न भएका ६ जनालाई पक्राउ गरिएको बैतडीका निमित्त प्रहरी प्रमुख नन्दराज जोशीले बताए।

nawajiwan