
मौसम विश्लेषण (Meteorological Analysis)
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

हाल मौसमको अवस्था (Present Weather Status)
कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका अधिकांश भू-भागहरुमा हुस्सु/कुहिरो लागेको अवस्था छ ।
२०८० पुस २५ गते (बुधबार)

दिउँसो: कोशी प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
राती: कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
२०८० पुस २६ गते (बिहीबार)

दिउँसो: कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
राती: कोशी र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
२०८० पुस २७ गते (शुक्रबार)
दिउँसो: कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
राती: सुदुरपश्चिम र कर्णाली प्रदेश लगायत कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)
तराई भू-भागका अधिकांश स्थानहरूमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने सम्भावना भएकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउनुहुन अनुरोध छ।
































