बमजनको घरबाट ३ करोड ३ लाख रुपैयाँ र १५ वटा मोबाइल बरामद

Image
Nisarga Hospital

हत्या र यौनहिंसाका आरोपित रामबहादुर बम्जनको घरबाट प्रहरीले अहिलेसम्म तीन करोड ३ लाख नेपाली रूपैयाँ बरामद गरेको छ । आफूलाई ‘लिटल बुद्ध’ बताउने बम्जनको काठमाडौँको बूढानीलकण्ठस्थित घरबाट ३ करोड ३ लाख ७५ हजार रुपैयाँ बरामद भएको हो ।

CP Hospital Dhangadhi

केही मात्रामा विदेशी मुद्रा तथा १५ वटा मोबाइल, ल्यापटप र ३० वटाभन्दा बढी पेन ड्राइभ पनि बरामद भएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीले) जानकारी दिएको छ । ‘अझै पनि सीआईबीको टोली उनको घरमै छ’, सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यले भनिन्, ‘अमेरिकन डलर, थाई, क्यानडियन लगायतका मुद्रा बरामद भएका छन् ।’

Attariya Hospital

विदेशी मुद्रा बन्न बाँकी छ । ‘नेपाली रुपैयाँ गनेर सकिएको छ । अब बरामद भएको विदेशी पैसा गन्न बाँकी छ । डलर लगायत अरू पनि करेन्सी छन्,’ ब्युरो प्रमुख किरण ब्रजाचार्यले भनिन् । प्रहरीले मंगलबार बुढानीलकण्ठको हात्तिगौँडास्थित बमजनकै घरबाट उनलाई पक्राउ गरेको थियो । प्रहरी पुगेपछि भाग्नलाई उनी बरण्डाबाट हाम फालेका थिए । प्रहरीले केहीसमय अघिदेखि उनी काठमाडौंमा बस्दै आएको भन्ने सूचनाका आधारमा निगरानी बढाएको थियो ।

nawajiwan