जनप्रतिनिधिहरुले मतदाताको योगदान भुल्न हुदैन: परराष्ट्रमन्त्री साउद

Image
Nisarga Hospital

बैतडी: परराष्ट्रमन्त्री एनपी साउदले जननिर्वाचित प्रतिनिधिहरुले मतदाताको योगदान भुल्न नहुने बताएका छन्।
नेपाली कांग्रेस बैतडीले शनिवार पाटनमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले आफूलाई मत दिएर जिताउने मतदाताको योगदान भुल्न नहुने बताएका हुन्।

CP Hospital Dhangadhi

‘जुनसुकै तहको सरकारमा भए पनि हामी जनप्रतिनिधिहरुले हामीलाई यो स्थानमा पुर्याउने मतदाताहरुको योगदान बिर्सन हुन्न,’ मन्त्री साउदले भने, ‘हाम्रो भन्दा ठूलो योगदान उहाँहरुको छ, जसले हामीलाई जिम्मेवारी दिनु भएको छ।’
मतदातासँगै पार्टी र पार्टीका नेता-कार्यकर्ताको योगदान पनि जनप्रतिनिधिहरुले भुल्न नहुनेमा उनको जोड थियो।

‘साथीभाइहरुले फलानालाई टिकट दिनु पर्छ नभनेको भए पार्टीले टिकट दिदैन्थ्यो। उनको रगत पसिनाको बलमा, तागतको बलमा हामी एउटा जिम्मेवारीमा पुगेका छौँ,’ मन्त्री साउदले भने ‘त्यो जिम्मेवारी हाम्रा लागि कर्तव्य हो, चुनौती हो।’
उक्त जिम्मेवारीलाई जनप्रतिनिधिहरुले जनताको हक, अधिकारका लागि समर्पित गर्नु पर्ने उनको भाइ थियो।

nawajiwan

मन्त्री साउदले पार्टीको योगदानलाई आत्मसात नगरेर आफ्नै बलबुतामा चुनाव जितेको भन्ने भ्रमबाट मुक्त हुन पनि जनप्रतिनिधिहरुलाई आग्रह गरे।

Attariya Hospital

‘जसले पार्टीको योगदानलाई आत्मासात गर्दैन। आफ्नै बलबुतामा जितेको सोच्छ उसले पार्टीको योगदान बुझेको छैन,’ उनले भने, ‘हामी सबैले पार्टीको निर्देशनलाई महत्त्वपूर्ण मानेर अघि बढ्नु पर्दछ।’

साउदले जनप्रतिनिधिहरुलाई जनताको लेयर (तह) सम्म पुग्न पनि आग्रह गरे। ‘हामी नेता विभिन्न लेयरले घेरिएका हुन्छौं। पहिलो नातेदार र पिएको लेयर, दोस्रो नेताहरुको लेयर, तेस्रो कार्यकर्ताहरुको लेयर,’ साउदले भने, ‘यि लेयरहरु पार गरेर हामीले जनताको लेयरमा पुग्नु पर्छ।’

अन्तरक्रियामा बैतडी कांग्रेसका सभापति चतुरबहादुर चन्द,पदाधिकारी तथा सदस्यहरु, प्रदेशसभा/नगर/गाउँ/वडा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु र कांग्रेसका तर्फबाट बैतडीका १० वटै पालिकामा निर्वाचित जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो।