अछामका स्थानीय तहकाविरुद्ध ८१ भ्रष्टचारका उजुरी दर्ता

Image
Nisarga Hospital

अछाम : अछामका स्थानीय तहहरुका विरुद्धमा ६ महिनामा ८१ उजुरी दर्ता भएका छन्। जिल्लाका १० वटै स्थानीय तहमा भ्रष्टचार भएको भन्दै अख्तियारमा उजुरी पर्ने गरेका हुन।

CP Hospital Dhangadhi

जिल्लाको साँफेबगरमा शनिवार आयोगको कञ्चनपुर कार्यालयले आयोजना गरेको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी पालिका स्तरीय कार्यक्रममा गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा परेको उजुरीको तथ्यांक प्रस्तुत गरिएको थियो।

आयोगका अनुसार गत आर्थिक वर्षमा १०७ र चालु आर्थिक वर्षको ६ महिनामा ८१ वटा उजुरी परेको हो। अख्तियारमा परेको उजुरी मध्ये ५२ वटाको फर्छ्योट भएको छ।१३६ उजुरी अनुसन्धानका क्रममा रहेको अख्तियार कञ्चनपुर कार्यालयका लेखा अधिकृत बसन्तबहादुर शाहीले बताए।

nawajiwan
Attariya Hospital

कमलबजार नगरपालिकाको ४३, मंगलेसन नगरपालिकाको २६, ढकारी गाउँपालिकाको २४, तुर्माखाद गाउँपालिका १९, पञ्चदेवल बिनायक नगरपालिका १७, रामारोशन गाउँपालिका १६,चौरपाटी गाउँपालिकाको १५, साँफेबगर नगरपालिकाको १३, मेल्लेख गाउँपालिकाको १० र बान्नीगढी जयगढ गाउँपालिकाको ५ भ्रष्टाचार सम्बन्धी उजुरी परेको छ।

अन्नपुर्णपोष्ट बाट साभार