अछामको वैद्यनाथमा १४४ वर्षपछि कोटिहोम

Image
Nisarga Hospital

अत्तरिया : नेपालको चारधाम मध्येको एक अछामको वैद्यनाथ धाममा कोटिहोम महायज्ञ हुने भएको छ। साँफेबगर नगरपालिका–१ मा रहेको वैद्यनाथ मन्दिरमा यहि फागुन १० गतेदेखि २५ गते शिवरात्रीसम्म सञ्चालन हुने भएको छ।

CP Hospital Dhangadhi

पौराणीक,धार्मिक,ऐतिहासिक,सांस्कृतिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण वैद्यनाथ धाममा ६र६ वर्षमा गरिने लक्षहोम सहितको अर्धकुम्भ मेला,१२र१२ वर्षमा गरिने महालक्षहोम सहितको कुम्भमेला र १४४ वर्षमा गरिने कोटीहोम महायज्ञसहित महाकुम्भ मेलाको परम्परालाई कायम राख्न तयारी थालिएको मुल आयोजक समितीले जनाएको छ।

Attariya Hospital

वैद्यनाथधामको धार्मिक,सांस्कृतिक एवम् पर्यटकीय महत्वको प्रचार प्रसार,वैदिक सनातक धर्म संस्कृतिको संरक्षण सम्वर्द्धन,समाजमा अध्यात्मिक चेतनाको पुनर्जागरण,वैद्यनाथधामलाई पर्यटकीय गन्तव्यका रुपमा स्थापित गराउने, गुरुकुल शिक्षाको सृदृढीकरण तथा वैद्यनाथ वेद विद्याश्रमलाई आयुवर्दे माविमा स्तरोन्नती,लोक संस्कृति,लोककला,लोकगाथाको संरक्षण सम्वर्द्धन गर्ने उद्देश्यका साथ कोटिहोमको आयोजना गर्न लागिएको मुल आयोजक समितिका संयोजक तथा प्रतिनिधि सभा सदस्य शेरबहादुर कुँवरले जानकारी दिए।

nawajiwan

कोटीहोमको मिति नजिकिंदै गएकाले शनिबार सर्वपक्षीय बैठक बोलाएर तयारी स्वरुप विभिन्न तयारी उपसमितिहरु गठन गरिएको समेत कुँवरले जानकारी दिए।कोटीहोम महायज्ञको उद्घाटन राष्टपति रामचन्द्र पौडेलले गर्ने कार्यक्रम तय भएको कुँवरले जानकारी दिए।