भलमन्सा छान्नमा ब्यस्त छन कैलालीका थारु बस्ती

Image
Nisarga Hospital

माघ महिना सुरु भएसँगै कैलालीका थारु गाउँ बस्तीमा भलमन्सा (बरघर)चयन गरिन थालिएको छ । कैलालीको थारु गाउँमा माघे सङ्क्रान्तिको दोस्रो दिनदेखि भलमन्सा चयनको काम थालिएको हो।

CP Hospital Dhangadhi

हरेक वर्ष माघ २ गतेबाट यो कार्य सुरु हुन्छ। यो क्रम माघभरि जारी रहन्छ। त्यसकारण अहिले थारू गाउँहरूमा भलवन्सा चुन्ने चटारो छ। प्रत्येक गाउँमा फरकफरक दिन भलवन्सा चुन्ने गरिन्छ। ‘थारू बस्तीमा भलवन्सा चयन गर्ने काम भइरहेको छ,’

यो समुदायमा गाउँको नेतृत्व गर्न भलमन्सा चयन गर्ने चलन रहेको छ । माघ २ गतेबाट माघ महिनाभरि नै भलमन्सा चयनको काम हुने गर्दछ । भलमन्सा (बरघर) आजबाट थारु समुदायमा भलमन्सा चयनको कार्य सुरु भएको थारु कल्याणकारिणी सभा कैलालीका पूर्व उपसभापति माधव थारुले बताए । उनका अनुसार कतिपय गाउँमा माघ २ गते नै भलमन्सा चयन गर्ने काम भएको छ । भलमन्सा थारु समुदायमा गाउँको नेतृत्व गर्ने मुख्य व्यक्ति हो।

nawajiwan

गाउँभरीका मान्छेको सहमतिको आधारमा सर्वसम्मतिले भलमन्सा चयन गर्ने गरिन्छ । भलमन्साको पदावधि एक माघ पर्वदेखि अर्को माघ पर्वसम्मका लागि एक वर्षको रहने गर्दछ ।भलमन्सासहित गाउँको नेतृत्व गर्ने व्यक्तिले एक वर्षसम्म गरेको कामकाजको खोज्नीबोज्नीमा समीक्षा हुने गर्दछ । राम्रो काम गरेकालाई पुनः एक वर्षका लागि सो जिम्मेवारी सुम्पिन सक्ने अधिकार गाउँबासीमा रहने गर्दछ । तर काम चित्त नबुझेमा गाउँबासीमध्येबाटै अर्को व्यक्तिलाई भलमन्सा चयन गर्ने गरिन्छ ।

Attariya Hospital

भलमन्सा बन्ने मौका जान्नेबुझ्नेलाई मात्र नभई गाउँका सबै व्यक्तिलाई रहने गर्दछ । कतिपय गाउँमा यो भूमिकामा महिला पनि रहँदै आएका छन् । भलमन्साले विकास निर्माणदेखि लिएर गाउँको सुखदुःख, भोजभतेर, बैठक, छलफललगायतमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने गरेका छन् ।

गाउँमा भलमन्सासहित अघरिया (सहायक भलमन्सा), सचिव, चौकीदार र लोहार चयन गर्ने गरिन्छ । अघरिया भलमन्साको सहायक हुन् । सचिवले गाउँको हरहिसाब राख्ने गर्दछन् । यसैगरी, चौकीदारको भूमिका सन्देशबाहकको रूपमा रहने गर्दछ । चौकीदारले गाउँको भेला, बैठक बोलाउनका लागि गाउँभरि सन्देश प्रवाह गर्ने गर्दछन् ।यस्तै, गाउँमा फलाम कुटपिट गर्ने कामको लागि लोहार राख्ने चलन छ । चौकीदार र लोहारले पारिश्रमिक पाउने गरे पनि भलमन्सा, अघरिया, सचिवले निःशुल्क रूपमा काम गर्ने चलन रहेको छ ।

यसैबिच, धनगढी उपमहानगरपालिका–५ को भलमन्सामा पुनः कुलवीर चौधरी चयन भएका छन् । आज भएको सो गाउँको खोज्नीबोज्नीले उनलाई भलमन्साको जिम्मेवारी सुम्पेको हो । थारू समुदायमा गाउँलेद्वारा चुनिएका भलवन्सा शक्तिशाली मानिन्छन्। यस्तै, गोदावरी नगरपालिका–८ फकलपुरको भलमन्सामा यमबहादुर चौधरी चयन हुनु भएका छन् । सो गाउँको आज भएको खोज्नीबोज्नीले छविलाल चौधरी, धनलाल चौधरी र लालबहादुर चौधरीलाई सहयोगी चयन गरेको छ । गाउँमा कुनै निर्णय गर्ने र त्यसलाई कार्यान्वयनमा लाने काम भलवन्साबाटै हुने गर्छ। सामाजिकलगायत अन्य कुनै काम गाउँलेलाई भलवन्साले नै गराउने गर्छन्। ‘विकास निर्माणमा श्रमदान, झैझगडा मिलाउन छलफल, विवाहलगायत उत्सवमा भोजभतेर, मृत्यु संस्कारमा सहभागिता, आइपरेका सुख–दुःखमा गाउँलेलाई परिचालनलगायत काम गभलवन्साले नै गर्छन्,’